शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रताप दासको स्वर रहेको गीत ‘हिसाब किताब’ गीतको भिडिओ सार्वजनिक,(भिडिओ हेर्नुहोस )

शुक्रवार , कार्तिक ७, २०७७

काठमाडौं, ७ कार्तिक - प्रताप दासको स्वर रहेको नयाँ गीत ‘हिसाब किताब’ को भिडिओ सार्वजनिक भएको छ । एस थ्रिके ईन्टरटेनमेन्टद्धारा आज भिडिओ सार्वजनिक भएको हो । गीतको भिडिओमा वर्षा शिवाकोटी र सागर कार्कीको अभिनय देख्न सकिन्छ । भिडिओमा पवन भट्टराई भने भिलेनको रोलमा छन् ।

राज भारतीको शब्द, रचना रहेको उक्त गीतमा संगित भने विक्रम थापाले भरेका हुन् । एरेन्ज भने भीमसेन मानन्धरको छ । गौरब शाही कार्यकारी निर्माता रहेको उक्त भिडिओको निर्देशन र परिकल्पना आकाश उखेडा हुन् ।

 भिडिओ हेर्नुहोस :

करिश्माले खाएको बिस्कुटको बिज्ञापन झुक्याएर खिचिएको थियो ?

सदावहार अभिनेत्री करिश्मा मानन्धर फिल्म ‘हिरोज’ पछि कुनै फिल्ममा अभिनय गरेकी छैनन् । उनी फिल्ममा भन्दा पनि पढाईमा केन्द्रित भएपछि उनी फिल्ममा अभिनय गरेकी छैनन् । १४ वर्षको उमेरमै फिल्म ‘सन्तान’ बाट अभिनय थालेकी करिश्माको पढाईमा ब्रेक भएको थियो । त्यसैका कारण रोकिएको अध्ययनलाई उनले पछिल्लो समय निरन्तरता दिएकी हुन् ।

एक समय करिश्माको फिल्म क्षेत्रमा एक्लै राज थियो । जुन समय उनलाई फिल्म खेलाउनका लागि ननर्माता – निर्देशक र विज्ञापनमा खेलाउन प्रतिष्पर्धा हुन्थ्यो । उनका हरेक चिज बिज्ञापन हुने गर्थेँ । अहिले करिश्माको पुरानो एक तस्विरले हंगामा मच्चाइरहेको छ । २०५२ सालतिर फोटो सुटका बेला नेविको बिस्कुट खाएको तस्विर अहिले भाइरल भइरहेको छ । त्यो समयमा फोटोग्राफर सुब्रत धिमालले आफ्नो स्टूडियोमा करिश्माको फोटोसुट गरेका थिए । त्यो समय निकै चलेको बिस्कुट खाजाका लागि करिश्मालाई सुब्रतले नेविको बिस्कुट खानलाई दिएका थिए ।

,करिश्माले खाइरहेको बिस्कुटको पोजलाई उनले रमाइलोका लागि खिचेका थिए । जुन नेविको बिस्कुटका लागि बिज्ञापन हुन पुग्यो । अहिले पनि त्यो तस्विर सामाजिक सञ्जालमा उतिकै मात्रामा चर्चामा रहेको छ । निर्देशक सुब्रत आचार्यले सामाजिक सञ्जाल फेसबुकमा करिश्माको नेविको बिस्कुट खाइरहेको तस्विर सेयर गर्दै , करिश्मालाई प्रश्न गरेका छन् ,‘ दिदी ,यो बिस्कुट अहिले पनि पाइन्छ ?’

करिश्माले उनको प्रश्नको उत्तर दिदै ,यसको लामो कथा रहेको बताएकी छन् । उनले भनेकी छन,‘ यस्को काहानी छ । शुब्रत धिमाल दाइले फोटो सुट भैराखेको बेलामा खाजा खाने समयमा चियासँग यो बिस्कुट दिनु भयो । अनि यसो पोज गर त भनेर यो फोटो खिचियो । पछि त यो यस्तो पो आयो बिज्ञापन ! मैले पछि धिमाल दाइ को घरमै गएर दाइ यो त बिज्ञापन रहेछ , खोइ मेरो पारिश्रमिक भनेर लिएरै छोडे । ’

प्रतिक्रिया