नेपालीहरुको महान् चाड बडादशैँ शुभारम्भ भइसकेको छ । हिन्दु धर्मावलम्विहरुले खुशि र हर्षोल्लासका साथ विजयादशमी (नवरात्री) मनाउने गर्दछन् । असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ । शक्तिकि प्रतिक दुर्गा भगवानको पुजा गर्दै मनाइने दशैँ सद्भाव, एकता र हरेक नेपालीलाई एकाकार गर्ने चाड हो । बडादशैँको आफ्नै महत्व छ । खेत खलानामा झुलिरहेका धानका बाला, माथि देखिने नील गगनबको मन लोभ्याउने खुल्ला दृश्य र शितल पवनको झोंकाबिच सन्निकट हुँदै आएको आम नेपालीको महान चाड दशै, अति मनमोहक आनन्दप्रदको क्षण हो । बडादशैँले सम्पूर्ण नेपालीलाई सत्यतामाथि बढि प्राथमिकता दिने शक्ति प्रदान गरोस्, शुभकामना ! दशैँले मानिसलाई सद्बुद्धि प्रदान गरी अनुशासन र मर्यादाको पाठ सिकाई धर्मप्रति निष्ठाभाव राख्न मार्गनिर्देश गरेको छ र आगामी दिनमा पनि सम्पूर्ण नेपाली एक्यबद्ध भएर दशैँको सन्देशबाट समुन्नत र समृद्धितर्फ बढ्नुपर्दछ ।
म हामारी कोरोना भा इरसको प्रभाव बढिरहदा नेपालीहरुको ठूलो चाड शुभारम्भ भएको छ । दशैँका नाममा म हामारी फैलिन नदिन सबै सचेत हुन जरुरी छ । दशैँ मनाउनेक्रममा आवश्यक सावधानि अपनाई सतर्क हुन आवश्यक छ । अन्यथा, महामारी फैलिने संभावना बढ्छ । अतः हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, आलोचक तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई बडादशैँको शुभकामना !