नेपाली जनता र स र्वहारा वर्गको पक्षमा गीत लेख्ने र गाउँदै हिड्ने जनवादी गायक माइला लामा यि र यस्तै गितका कारण अहिले जेलमा छन् । १० वर्षे माओवादी ज न यु द्धका सहयोद्धाले नै उनलाई जेलसम्मको यात्रा गराए।
काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ घर भएका लामा नेपाली समाजको आमुल परिवर्तनका लागि मा ओवादीको अग्र मो र्चामा थिए। गित लेख्ने र तीनै गित गाएर नेपाली समाजमा परिवर्तनको आशा जगाए । दश बर्षको लडाइँ र नेताहरुको ज्यान बचाउन अहोरात्र खटिए । ज न यु द्धकै क्रममा ग म्भीर घा इते भए। उ पचार समेत नपाउँदा राम्ररी सुन्न नसक्ने र आँखा पनि कमै देख्ने स मस्याले अहिले पनि उनी पीडित छन् ।
माईला लामा जस्ता हजारौँ नेपाली युवाले ज टिल समयमा मा ओवादीका लागि भौतिक शारिरको आहुती दिए । गित गाएर जनतालाई माओवादी प्रति विस्वास जगाए । माओवादी नेताको सुरक्षा कवज भएर उनीहरुको सुरक्षा गरे। जव माओवादी शान्तिपुर्ण राजनितिमा फर्कियो तव नेताहरु सत्ता स्वार्थमा हराए । तर, जो सत्तामा हराउन सकेनन्, उनीहरुले हिजो जनतासँग गरेका वाचा सम्झिए। माईला लामा तिनै मध्येका एक थिए ।
माओवादी नेता सत्ता हराएका मात्र होईनन, हिजोका गित पनि विर्सिए। अव उनीहरु मायाँ पिरतीका गितमा रमाउँन थालेका छन् । एक समय थियो, मा ओवादी नेता/कार्यकर्ता मायाँ पिरतीका गित संगितलाई वुर्जुवा भन्थे। तर, गित संगीत र कलाको कुनै साँध सिमाना हुँदैन । यो त मानिसको जिवन शैली र भावनासँग गासिएको विषय हो। सिष्ट भाषा र समाज सुहाउँदा मायाँ पिरतीका गित पनि गित नै हुन भन्ने वुझन माओवादी कार्यकर्तालाई निकै समय लाग्यो ।
‘देर आए, दुरुस्त आए’ भनेझै अव भने माओवादी नेता/कार्यकर्ताले गित संगितको वास्तविक्त वुझन थालेको महसुस हुन थालेको छ ।त्यसैले होला हालै पुष्पकलम दाहाल (प्रचण्ड) की नातीनी एवं गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाले मलाई बोलायो’ बोलको यो गित जनयुद्धताका हुन्थ्यो भने वजारमा नआउन पनि सक्थ्यो। तर, समयले कोल्टे फेरेको छ, मायाँ पिरतीका गितलाई वुर्जुवा देख्ने पुस्ताको वोलवाला कमजोर भएर नै हुनुपर्छ स्मिताको गित वजारमा आएको छ ।
गितलाई दर्शक तथा श्रोतले अत्यन्तै मन पराएका छन। सुरीलो स्वर र सुन्दरताकी धनी स्मिताको यो गित अर्थपुर्ण पनि छ । बाल्यकालमा वसेको मायाँ वयस्क हुँदै जाँदा कसरी गाढा हुँदै जान्छ भन्ने कथा म्युजिक भिडियोमा देखाईएको छ ।
राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतमा स्मिताकै स्वर छ । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।
युट्युव मार्फत सार्वजनिक भएको यो गित विहिवारसम्म लगभग ५ लाख २५ हजारले हेरीसकेका छन्।