शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

    यसवर्ष पशुबलि होइन, कुभिण्डो र नरिवल   

बिहिवार , कार्तिक ६, २०७७

काठमाडौँ, ६ कात्तिक  - मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुब लि निकै कम हुने भएको छ । कोरोना म हामारीको जोखिमलाई ध्यानमा राखी श क्तिपीठमा परम्परा धान्नबाहेक प शु ब लि नहुने भएको हो ।

कोभिड–१९ म हा मारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दशैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ ।

कोभिड–१९ का कारण श क्तिपीठमा भीडभाड कम गर्ने हेतुले श क्तिपीठमा पशुबलि घटाइएको हो । पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।

हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको ब ली दिने गरिन्थ्यो । दशैँमा पशुब लिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ ।

धर्म र संस्कृतिका नाममा म हा मा री फैलिन गई जनताले दुःखक ष्ट भोग्न नपरोस् भन्नका लागि बिकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अ ड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिनुभयो । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत श क्तिपीठमा प शुब लिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।

यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबलि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुब लिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।

बडादशैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको  ब लि दिने परम्परा छ ।

प्रतिक्रिया