शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ५० बेडको आ ईसोलेसन भवन सञ्चालनमा

बिहिवार , कार्तिक ६, २०७७

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थिन निर्माण सम्पन्न ५० बेडको आईसोलेसन भवन । उक्त भवन विहिबारदेखि सञ्चालनमा आएको छ ।

सिन्धुली,६ कार्तिक – सिन्धुली जिल्लामा कोरोना सं क्रमितका बिरामी बढ्दै गएपछि निर्माण सुरु गरिएको ५० बेडको आ ईसोलेसन भवन बिहिबार (आज)देखि सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका–६ शिबनगरस्थित उक्त भवन निर्माण कार्य पुरा गरी निर्माण उपभोक्ता समितिले बुधबार अनौपचारिक एक कार्यक्रम बिच सिन्धुली अस्पताललाई बुझाएपछि उक्त आ ईसोलेसन भवन सञ्चालनमा ल्याईएको सिन्धुली अस्पताल विकास समितिले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले उक्त भवनलाई ‘सिन्धुली अस्पताल कोभिड–१९ युनिट’ नामाकरण गरिएको र अब बिरामी भर्ना गर्न उपचार गर्न तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त भवन पिसिआर परिक्षण, आ इ सि यु, भेन्टिलेटर र अक्सिजन उत्पादन गर्ने मेसिन सहित सुविधा सम्पन्न हुने छ । आ ईसियु र पिसिआर परिक्षण गर्ने मेसिन भने केही दिनभित्र जडान भई सक्ने छ ।” भवन निर्माण उपभोक्ता समितिका संयोजक एवं नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाका सभापति असोक श्रेष्ठले करिब दुई महिनाको प्रयासमा उक्त भवन निर्माण पुरा गरी सिन्धुली अस्पताललाई बुझाएको बताउनुभयो । उहाँका अनुसार भवनको कुल निर्माण लागत एक करोड ४० लाख रुपैया रहेकोमा एक करोड १७ लाख ९५ हजार रुपैयामा नै दुई वटा भवन निर्माण तयार भएको जानकारी दिनुभयो । उक्त भवन गत भदौ ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । फलामको ट्रष्टमा ईटाले जडान गरिएको एक तले दुई वटै भवनमा गरी आठ वटा कोठा रहेका छन् । उक्त भवन निर्माण गर्न दुई करोड दुई लाख २२ हजार रुपैया जुटेको र केही दिनमै भवन निर्माणमा भएको खर्च सार्बजनिक गरिने भवन निर्माण उपभोक्ता समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । भवन निर्माणका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९७ लाख १५ हजार छ सय रुपैया सहयोग गरेको र बाँकी रकम स्थानीयस्तरमा नौ वटै पालिका, विभिन्न सामाजिक सघ संस्था, निर्माण व्यवसायि र व्यक्तिहरुको सहयोगमा जुटेको उहाँले बताउनुभयो । उक्त भवनलाई आवश्यक बेडहरु मध्ये ग्रामीण महिला चेतना केन्द्रले २५ वटा, नेपाल रेडक्रस सिन्धुली शाखा, सहकार्य नेपाल र मेरीगोल्ड ईन्टरनेश्नल प्रालि भक्तपुरले १०÷१० वटा बेड सेट सहयोग गरेको निर्माण उपभोक्ता समितिले जनाएको छ । पछिल्लो समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमितको संख्या बढेसँगै बिरामीको उपचार गर्न आईसोलेसन बेडको अभाव हुदै गएको छ । सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी ४४ वटा आईसोलेसन बेड मात्रै रहेको छ । हाल जिल्लामामा सक्रिय संक्रमितको सङख्या १७२ जना रहेको सिन्धुली अस्पतालले जनाएको छ । सक्रिय सं क्रमित बिरामी मध्ये सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी २० जनाको आईसोलेसनमा उपचार भई रहको र बाँकीको होम आईसोलेसनमा उपचार भई रहेको स्वास्थ्य कार्यालय सिन्धुलकिा प्रमुख जितेन्द्र साहले बताउनुभयो । हालसम्मका कुल संक्रमित मध्ये ९७ जना उपचारपछि कोरोनालाई जितेर घर गई सकेको उहाँले जानकारी दिनुभयो ।  

भिआइपीको खर्च कसले तिर्छ ?

काठमाडौं, ६ कात्तिक- कोरोना सं क्रमितको उपचार खर्च सरकारले नब्यहोर्ने निर्णयसँगै संघीय संसदका माननीयहरूले पनि दशैं खर्च वापतको रकम आफूहरूलाई थाहा नदिई सरकारले झु क्याएर खातामा हालिदिएझैँ ह ल्ला गरेका छन् । उता,प्रधानमन्त्री केपी शर्मा ओलीले भने मुलुकमा कोरोना सं क्रमणसँग शुरु भएको ब न्दा ब न्दीको घोषणालगत्तै चैतदेखि सं क्रमण समाप्त नभएसम्मको लागि पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । यसबीच संघीय मन्त्रीहरूको दशैं खर्चसमेत कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । संघीयदेखि प्रादेशिक सांसदहरूले पनि व्यक्तिगत र पार्टीगत ढंगले दशैं खर्च फिर्ता गर्ने लहर चलाएका छन् । संघीय तथा प्रादेशिक मन्त्रीहरू र स्वयम् प्रधानमन्त्रीले बेलाबेलामा गर्ने यस्तो खालका लोकप्रिय घोषणाले अ सहज अवस्थामा राज्य र जनताप्रति थप जिम्मेवार बनाएको देखाउँछ । तर,त्यसले नयाँ विषयलाई उजागर गरिदिएकोतर्फ भने धेरैलाई हेक्का नहुन सक्छ । हाम्रो सन्दर्भमा उच्च पदमा आसिन हुँदाको बखत अन्य वै कल्पिक आम्दानीको स्रोतको घोषणा गर्ने प्रचलन छैन । त्यस्ता उच्चपदस्थ राजनीतिक तहका नेताहरूले तोकिएको पारिश्रमिक पनि नलिने घोषणा गर्नु र आफूहरूले सरकारी कोषको समेत प्रयोग नगर्ने बताउँदा सुन्नको लागि जति कर्णप्रिय हुन्छ,वास्तविकता अन्धकारमय देखिन्छ । किनकि त्यस्ता अधिकांश नेता,मन्त्री र प्रधानमन्त्रीले नियमित आम्दानी हुने कुनै निश्चित पेशा वा व्यवसाय गरेको देखिँदैन ।   त्यस्तो अवस्थामा ज्वलन्त प्रश्न उब्जिन्छ ‘उनीहरूको दैनिक तथा आकस्मिक खर्चको जोहो कसरी हुन्छ होला ? कहाँबाट प्राप्त हुन्छ होला ? अनि कसले जोहो गरिदिन्छ होला ?’ अ न्यथा,नियमानुसार दिइएको पारिश्रमिक वा तलब भत्ता नलिने घोषणाले पार्टीका नेता तथा सम्माननीयहरूको म हँगो घर खर्च कसरी चल्छ होला ? किनकि एकाध दिन आम्दानी नहुनेबित्तिक्कै सामान्य नागरिकको दैनिकी मात्रै होइन चुल्हो नै बल्न छाड्छ । तर,ठूलाबडाहरूको दैनिकीमा कुनै फरक आउँदैन किन होला ? विभिन्न दलका शीर्ष नेता,मन्त्री एवम् प्रधानमन्त्रीहरू विशेषगरी सिंगापुर,थाइल्याण्ड,भारत र संयुक्त राज्य अमेरिकामा पटक पटक उ पचार गर्न जाने गरेका छन् । ती सबै ठाउँ र त्यहाँका अस्पतालहरू हाम्रो देशको तुलनामा मात्रै होइन विश्वकै म हँगो मानिन्छन् । अधिकांश नेताले विदेशमा उपचार गराउँदा पनि राज्यकोषबाट सुको खर्च नगरिएको बताउने गरेका छन् । तर,त्यस्तो म हँगो उ पचार खर्चको जोहोचाँहि कस्ले गरिदिन्छ होला ? सबैभन्दा रोचक कुरो नेपालबाट पासपोर्टवापत तोकिएको परिमाणमा बाहेक विदेशी मुद्रा बाहिर लैजान पाईंदैन । थप उपचारको लागि विदेश जानुपरेको अवस्थामा पनि मुलुकको मेडिकल बोर्डले सिफारिश गरेको अवस्थामा मात्र विदेशी मुद्रा सटहीको सुविधा पाइन्छ । अन्यथा,सर्वसाधारणलाई विदेशी मुद्रा विदेश लैजानु भनेको फलामको चिउरा चपाउनुसरह हुन्छ । यति क डा कानुन हुँदाहुँदै पनि विदेशमा गरिने नेता तथा उच्चपदस्थ व्यक्तित्वहरूको खर्च विदेशी मुद्रामै भुक्तानीको लागि कसले अनि कसरी व्यवस्थापन गरिदिन्छ होला ? प्रधानमन्त्री ओलीले आफू र आफ्नो सरकार भ्र ष्टाचारबिरुद्ध शून्य सहनशीलतामा रहेको पटकपटक बताउँदै आउनुभएको छ । वहाँ आफूले भ्र ष्टाचार नगर्ने र अरुलाई समेत गर्न नदिने वाचा दोहोर्याउनुहुन्छ। सोहीअनुसार प्रायः सबै सरकारी कार्यालयमा भ्र ष्टाचारबिरुद्ध शून्य सहनशीलताको महान वाणीहरू झुण्डाइएको वा लेखिएको देखिन्छ । प्रधानमन्त्री आफैँले पनि पदमा रहँदा वा नरहँदासमेत सिङ्गापुर,थाइल्याण्ड र भारतमा पटक पटक महँगो अस्पतालमा औषधोपचार गराउनु भएको छ । उहाँको विदेशमा उपचार गराउँदा राज्यकोषबाट दोहोरो हवाई उडान शुल्कबाहेक अरु खर्च नब्यहोरिएको त्यतिबेलाका सञ्चार मन्त्री तथा सरकारी प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमै बताएका थिए । यतिखेर राजनीतिक नेतृत्वले राज्यले उपलब्ध गराएको खर्च नबुझ्ने र तोकिएको पारिश्रमिकसमेत नलिने घोषणा गर्दा वहाँहरूको महँगो दैनिक खर्च कहाँबाट र कसरी धानिएको होला ? भनेर जनताले सोध्न पाउने कि नपाउने ? राज्यको महत्वपूर्ण जिम्मेवारीमा बसेर जनतालाई मात्र एकोहोरो पारदर्शिताको पाठ सिकाउँदा माननीय र सम्माननीयहरूले भने त्यसको पालना गर्नु पर्ने कि नपर्ने ? जन आस्थाबाट साभार     !

प्रतिक्रिया