काठमाडौं, ६ कात्तिक- हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना सं क्रमण देखिएको थियो । दुई हप्ता होम आ इसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए । हरिवंश आचार्यले कोरोना जितेकोमा खुसी व्यक्त गरेका छन् ।

उनले श्रीमतीसँगको एक तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ उनले आफूहरुलाई कोरोना सं क्रमण देखिएपछि आफूहरुको सम्पर्कमा रहेकालाई होम आ इसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका थिए । तर, उनीसँग नजिक रहेका कसैलाई कोरोना देखिएको छैन ।
कोरोना सं क्रमण पुष्टि हुनुभन्दा अगाडि हरिवंश आचार्य फिल्म ‘हुतुतु’ को स्क्रिप्टमा व्यस्त थिए । तर, अब उनी पहिलेजस्तो निस्फिक्री हिँड्ने मुडमा छैनन् । उनले केही दिन अगाडि आ इसोलेसनबाट दशैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका थिए । यसपालिको दशैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न उनले सुझाव दिएका छन् ।