काठमाडौं ६ कार्तिक –- भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको वि वादलाई गि जोल्नुबाहेक अन्य खास केही नभएको दाबी सु रक्षा अधिकारीहरूको छ । भारतसँग सीमा वि वाद चुलिएका बेला सत्तारूढ दल नेकपामा कि चलो देखिएकाले सु रक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा वि वाद र सत्तारुढ दलमा देखिएको कि चलोबाहेक नेपालमा रअको कुनै औपचारिक बिजनेस छैन,’ राष्ट्रिय अ नुसन्धान विभागका पूर्वअधिकारीले भने ।
यसअघि रअका अधिकारीहरू नेपाल भ्रमणमा आउँदा राष्ट्रिय अनुसन्धान विभागका अधिकरीहरूसँग समन्वय हुन्थ्यो तर अहिले भने उनीहरूले भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक अधिकारीहरू आउने भन्दै विशेष विमानका लागि अनुमति मागेका थिए । त्यसैअनुसार परराष्ट्रले कूटनीतिक व्यक्तिहरूका लागि भन्दै गरेको विशेष विमानको सिफारिसलाई हेर्ने हो भने नेपाल–भारत सम्बन्ध सुधारका लागि रअ प्रमुखको भ्रमण केन्द्रित भएको अनुमान पनि कतिपयको छ । रअका प्रमुखसहितका अधिकारीहरू परराष्ट्रको सिफारिसकै आधारमा विशेष विमान (आइएफसी ४६२०) बाट बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएकाले सीमा वि वादलगायत सम्बन्ध सुधार अजेण्डा हुन सक्ने आंकलन पनि छ । त्यसो त रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभए पनि सीमा वि वादबारे विभिन्न दलका नेताहरूसँग उनले छलफल गर्ने कार्यक्रम भएको एक उच्च अधिकारीले जानकारी दिए । तर, कुन तहको राजनीतिक भेटघाट भन्नेबारे भने केही खुलेको छैन ।आजको नागरिक दैनिकमा समाचार छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरूले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अ नुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफैं सहभागी भएका छन् । केके विषयमा छलफल भयो भन्नेबारे केही खुलेको छैन ।’
काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले त्रिभुवन विमानस्थलबाट रअका प्रमुखलाई एउटा निजी गाडीमा राखेर दूतावास लगेका थिए । त्यसपछि टोलीमा आएका अधिकारीहरू कतिपय भेटघाटमा सामूहिक र कतिपयमा आपसमा बाँडिएर छलफलमा सहभागी भएको सु रक्षा अधिकारीहरूको भनाइ छ । यस हिसाबले पनि उनीहरूको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बेला ‘रअ’ को विशेष टोली काठमाडौं आउनुलाई संयोग मात्रै मानिएको छैन । रअ प्रमुखको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने एक नेताले बताए पनि त्यसलाई पत्याउने आधार भने देखिएको छैन । ‘पछिल्लोपटक चीनको राजनीतिक र कूटनीतिक सक्रियता बढेका बेला रअ प्रमुखको नेपाल भ्रमण बिनाउद्देश्य छ भन्न सकिन्न,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने । उनका अनुसार अहिले सत्तारुढ दलमा देखिएको वि वादमा खेल्नु नै मुख्य उद्देश्य हुन सक्छ ।
विशेष विमानका लागि स्वीकृति दिन सिफारिस गरेको परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने रअ प्रमुखको नेपाल भ्रमणबारे अनभिज्ञता प्रकट गरेका छन् । उनीहरूले निजी भ्रमण भएकाले यसमा आफनो सरोकार नरहने जनाएका छन् । रअ प्रमुख नेपाल अवतरण हुनुअघि नै राष्ट्रिय अनुसन्धान विभागले यसबारे चासो राखेको थियो । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र भातीय दूतावासमा चासो राख्दा भारतीय दूतावासले भने निजी भ्रमण भएकाले जानकारी दिन आवश्यक नरहेको जनाएको थियो ।
सुजाता कोइराला नेपालमा भएको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै
काठमाडौँ, ५ कार्तिक – गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ । विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नुभएको थियो । सुजाताले ‘आफ्नो मेहनतबाट आर्जन गरेको’ साठी आना जग्गासहितको आफू बस्दै आएको मण्डिखाटारस्थित घर बिक्रीका निम्ति हालै बैना लिनुभएको छ ।
प्राप्त जानकारीअनुसार उहाँले उक्त घर जग्गा करिब रु. बाइस करोडमा बिक्री गर्न लाग्नु भएको र बैनावापत तीन करोड रूपैयाँ बुझिलिनुभएको छ । यसअघि उक्त घरजग्गा बिक्री गर्न विराटनगरस्थित नोवल मेडिकल कलेजका सुनिल शर्मासँग सुजाताले दुई करोड बैनावापत बुझ्नुभएको थियो । विराटनगरकै एक बिस्कुट उद्योगको समेत मालिक रहेका मारवाडी ब्यापारीसँग तीन करोड रूपैयाँ बैनावापत बुझेर सुनिलसँग बुझेको रकम फिर्ता गरिदिएको समाचारसुत्रहरूले जनाएका छन् ।
गत वर्ष सुनिल शर्माले एक्काइस करोडमा उक्त जमिन खरिद गर्न बैना दिएका थिए । सो सम्पत्तिमा कुनै पनि किसिमले दाबी गर्ने छैन भनी छोराले समेत कागज गरिदिनुपर्ने शर्त सुनिलले सुजातासमक्ष राखेका, तर सुजाताले छोराको दस्तखत गराउन नसकेपछि सुनिल बैना फिर्ता लिन बाध्य भएका थिए ।
विदेशी नागरिक आफ्ना एक छोरा र छोरीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा ‘एनआरएन’को विशेष परिचयपत्र बनाइदिनुभएको थियो । आमा सुजातासँग मनमुटाव भएपछि छोरा आफ्नो परिवारसहित बुढानिलकण्ठमा बस्दै आएका छन् । छोराको दस्तखतबिना जग्गा खरिद गर्न सुनिल राजि नभएपछि सुजाताले सहयोगीहरू केशव दुलाल र अनिल आचार्यमार्फत नयाँ ग्राहक फेला पार्नुभएको थियो । अब तीन महिनाभित्र सुजाताले उक्त घर खालि गराइ रजिष्टे«सन पास गरिदिनुपर्ने छ ।

गिरिजाप्रसाद कोइराला सत्ता र शक्तिमा रहँदै ‘निकै दुःख गरेर’ सुजाताले आर्जन गर्नुभएको सो घरजग्गा विनोद अग्रवाल नामक एक मारवाडी व्यापारीकी पत्नीको नाममा राखिएको थियो । करिव चार वर्षअघि मात्र उहाँले आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनुभएको थियो । त्यसअघि सुजाता (अहिले प्रचण्डले झैँँ) विनोदको घर भाडामा लिएर बसेको बताउने गर्नुहुन्थ्यो । आफ्नो नाममा जमिन ल्याउँदा ५७ आना मात्र रहेको र तीन आना जमिन अरु कसैको नाममा भएको फेला परेपछि नापी विभागका तत्कालिक कर्मचारी नारायणप्रसाद चौधरीको विशेष सहयोगमा ‘मिलाएर’ तीन आना थपिएको थियो ।
सुजाता कोइराला नेपालमा रहेको आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गरेर बेलायत बसाई सर्ने योजनामा रहनुभएको छ । सबै सम्पत्ति बिक्री भए पनि उहाँ काङ्ग्रेसको आगामी महाधिवेशनमा उच्च पदीय जिम्मेवारी पाए नेपालमै अरु केही समय बस्नुहुने र भनेजस्तो पद नमिले महाधिवेशनलगत्तै देश छोड्ने तयारीमा रहनुभएको बुझिएको छ ।
ज्ञातव्य छ, सुजाताको विवादास्पद बङ्लादेशी ज्वाइँ रुवेल चौधरी आफ्नी पत्नी मेलानीसहित बेलायतमा बस्दै आएका छन् । नेपालमा सम्पत्ति बेचेको नगद लिएर सुजाता आफ्नी छोरी-ज्वाइँसँगै बेलायत बस्न जान लाग्नुभएको हो । छोरासँग कुरा नमिले पनि सुजाताको छोरी र ज्वाइँसँग निकै राम्रो सम्बन्ध रहिआएको छ ।
स्मरण रहोस्, सुजाता पहिले पनि विवाह गरेर विदेशिनुभएको र २०४८ सालमा आफ्ना पिता प्रधानमन्त्री बनेपछि मात्र नेपाल फर्कनुभएको थियो । जीवनको अन्तिम क्षणमा गिरिजाले सुजातालाई उपप्रधानमन्त्रीको दर्जासहित परराष्ट्रमन्त्री बनाइदिनुभएको थियो । यतिबेला सुजाता शेरबहादुर देउवासँग बार्गेनिङ गर्दै हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक र काङ्ग्रेसको आगामी महाधिवेशनमा उपसभापति बनाइनुपर्ने शर्त देउवासमक्ष राख्नुभएको बुझिएको छ । देउवासँग कुरा मिलाएर अघि बढ्नकै निम्ति सुजाताले केही साताअघि रामचन्द्र पौडेलहरूले पार्टीमा देउवाविरुद्ध दिएको सामूहिक उजुरीमा पहिले दस्तखत गरेर पनि पछि फिर्ता लिनुभएको थियो । सुजाता यतिबेला रामचन्द्र पौडेलविरुद्ध वातावरण बनाउन सक्रिय रहनुभएको छ । यसो गर्दा देउवा र आफ्ना दाजुभाइ कोइरालाहरू खुशी हुने भएकोले पनि सुजाताले पौडेलविरुद्ध अभिव्यक्ति दिनुभएको बताइन्छ ।
जे होस्, सुजाता कोइराला काङ्ग्रेसको आगामी महाधिवेशनसम्म नेपाल बस्नुभए पनि कुनै पद हात नलागे सधैंका निम्ति देश छोड्ने अब निश्चित भएको छ ।