सिन्धुली,५ कार्तिक –सिन्धुली जिल्लामा बिगत केही दिनदेखि छिनछिनमा बत्ति गई रहने स मस्याले उपभोक्ता निकै सा स्ती व्यहोर्न बा ध्य भएका छन् ।
सदरमुकाम सिन्धुलीमाढी सहित ग्रामीण क्षेत्रमा बिस्तार भएको राष्ट्रिय विद्युत प्रसारण लाईन कत्तिखेर जाने र कत्तिखेर आउने ठेगान नभएको उपभोक्ताले बताएका छन् । लो डसेढिङको निकै लामो समयसम्म मार खेपेका उपभोक्ताहरु बिगत चार बर्षभन्दा बढी समयदेखि बिद्युतमा भएको नियमितताबाट निकै खुसी भएका थिए ।
“चार बर्षजति भएको थियो, यसरी दिनै पिच्छे झ्या प्प–झ्या प्प बत्ति गएको थिएन,” सदरमुकाम सिन्धुलीमाढीस्थित फाँट निवासी निर्मला तमाङले भन्नुभयो, “चाडबाडको मुखमा बत्ति गई रहदा निकै सा स्ती व्यहोर्न बा ध्य भएका छौं ।”
त्यस्तै अनलाइन कक्षामा सहभागी हुदै आएका राजधानी काठमाडाँै स्थित एक कलेजमा अध्ययनरत कमलामाई नगरपालिका–४ निवासी प्रेजन देवकोटाले पनि विद्युत अनियमितताबाट निकै सास्ती खेप्नु परेको छ । उहाँले भन्नुभयो, “अनलाईन कक्षामा जोडियो, विद्युत झ्याप्प जान्छ र पढाई नै छुट्छ । हतारहतार मोबाइलबाट डाटा चलाउन खोज्दा पैसा धेरै काट्द छ ।”
विद्युत् प्राधिकरणको ला परवाहीका कारण अनलाइन कक्षामा सहभागी अधिकांश विद्यार्थी मानसिक त नावमा परेको उहाँले जानकारी दिनुभयो । कक्षा लिदा होस् वा अन्य काममा । बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत् प्रवाह ब न्द हुने र जुनसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइन कक्षामा अध्ययनरत विद्यार्थी थप मानसिक तनावमा परेको उहाँको ठम्याई छ ।
बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने र इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीको पढाइ प्रभावकारी नभएको उहाँको गुनासो छ ।
नेपाल विद्युत प्राधिकरण सिन्धुली बितरण केन्द्रका प्रमुख बिनोद यादब विद्युत प्रशारण लाईनमा कहिले कँही ट्रिप हुने र कहिले कँही ढल्केबरबाटै समस्या आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कहिले कँही रिले सेटिङको पनि समस्या आउछ । पहिले पनि यस्तो भएको थियो, अहिले पनि भई रहेको छ । कहिले कँही यस्तो हुन्छ ।”
केही दिन अघि मुख्य प्रशारण लाईनको दाँयाबाँयाका रुखका हाँगा र बुट्यान काट्न तीन दिन विद्युत आपूर्ति ब न्द गरिए पनि अहिले नियमित रुपमा विद्युत आपूर्ति भई रहेको उहाँको भनाई छ ।
यता, जिल्लामा राष्ट्रिय विद्युत प्रशासर लाईनको पँहुच पुगेका उपभोक्ताले यतिखेर विद्युत अनियमितताको स मस्या भोगि रहेको बेला दुर्गम क्षेत्र र दुरदराजका २० हजार भन्दा बढी उपभोक्ता अझै टुकी बत्तिको सहारामा अध्यारोमा बस्न बाध्य भएका स्थानीयको भनाई छ ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीका अनुसार जिल्लामा रहेका कुल घर धुरी ५७ हजार ५८१ (२०६८ सालको राष्ट्रिय जनगणना अनुसार) मध्ये राष्ट्रिय विद्युत प्रशारण लाईनबाट हालसम्म ३४ हजार घरधुरीमा पहुँच पुगेको छ । अझै २३ हजार ५८१ घरधुरी उक्त प्रशारण लाईनको पँहुच बाहिर रहेका छन् ।
राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच बाहिर रहेका घरधुरी मध्ये पनि झण्डै तीन हजार पाँच सय घरधुरी स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत योजनाबाट लाभान्वित रहेको बताईएको छ ।
त्यस्तै फिक्कल गाँउपालिकाको अवस्था पनि घ्याङलेखको भन्दा कम छैन । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार फिक्कल गाँउपालिकाको छ वटा वडाको कुल घरधुरी १६ हजार ९६८ मध्ये अहिलेसम्म ७० घरले मात्रै राष्ट्रिय विद्युत प्रशारण लाईनको बत्ति बालेका छन् । यो पनि मुख्य प्रशारण लाईन आसपासमा घर भएकाले बत्ति बालेका हुन् ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये घ्याङलेख, फिक्कल, हरिहरपुरगढी गाँउपालिकाको केन्द्रमा गत बर्ष मात्रै राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच पुगेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीले जनाएको छ । उक्त केन्द्रका अनुसार यि गाँउपालिका सहित सुनकोसी र तिनपाटन गाँउपालिकाको धेरै स्थानमा विद्युतीकरण गर्न बाँकी नै रहेको छ । अहिले कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाँउपालिकाका धेरै जसो उपभोक्ता राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच भित्र छन् ।
वितरण केन्द्रका ईन्जिनियर तथा सूचना अधिकारी राजु महतो अबको दुई बर्षभित्र पुरै सिन्धुली जिल्लालाई उज्यालो बनाउने गरी सबै स्थानीय तहमा अहिले विद्युत विस्तारको काम धमाधम भई रहेको बताउनुहुन्छ ।
लघु जलविद्युतबाट सिन्धुलीका दु र्गम क्षेत्र झिलिमिली
सिन्धुली,४ कार्तिक – सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा लघु जलविद्युत योजना निर्माण कार्य बढ्दै गएको छ ।
राष्ट्रिय विद्युत प्रसारण लाईन पुग्न नसकेको त्यस क्षेत्रमा दातृ संस्था खोज्दै स्थानीय खोलामा बगेर त्यसै खेर गएको पानीबाट विद्युत निकाली गाँउलाई नै झलमल बनाउन स्थानीय बासिन्दा लागि परेका हुन् । स्थानीय उपभोक्ताबाट नगद सङ्कलन, गाँउपालिका र अन्य निकायबाट त्यस क्षेत्रमा अहिले डेढ दर्जनभन्दा बढी लघु जलविद्युत योजना निर्माण भई सकेका जनाईएको छ ।
फिक्कल गाँउपालिकाका छ वटा वडा मध्ये यतिखेर वडा नं. ५ बाहेक सबै वडामा लघु जलविद्युतले गाँउझिलिमिली भएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले फिक्कल गाँउपालिकामा अहिले सात वटा लघु जलविद्युत योजना चालु अवस्थामा रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “फिक्कल गाँउपालिकामा करिब ४५ सय घरधुरी रहेको छ । ती मध्य आधाभन्दा बढी घरधुरी लघु जलविद्युतले झलमल भएको अवस्था छ । वडा नं. २ पोखरीका पुरै घर परिवारमा लघु जलविद्युतको विजुली पुगेको छ ।”
उक्त गाँउपालिकामा यो बर्ष मात्रै पहिलो पटक राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेको र त्यो पनि मध्ये पहाडी लोकमार्ग छेउछाउका घरमा मात्र उक्त विद्युत प्रशारण लाईनको पँहुच पुगको उहाँले सुनाउनुभयो ।
त्यस्तै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चारवटा लघु जलविद्युत सञ्चालनमा रहेका छन् । यी विद्युत योजनाबाट १३ किलोवाट विद्युत उत्पादन भई एक सय २८ घरपरिवार लाभान्वित भएका वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोखेखोला ‘ए’ पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट, कोखेखोला ‘वि’ पेल्ट्रिकसेट योजनाबाट दुई किलोवाट, बादपखोला पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट र सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट पाँच किलोवाट विद्युत उत्पादन गरी गाँउ झिलिमिली बनाईएको छ ।
करिब सात लाख रुपैयाको लागतमा सम्पन्न कोखेखोला ‘वि’ पेल्ट्रिकसेट योजनाबाट २५ घर परिवार, सालुमा करिब पाँच लाखको लागतमा सम्पन्न कोखेखोला ‘ए’ पेल्ट्रिकसेट योजनाबाट १७ घर परिवार, करिब १९ लाख रुपैयाको लागतमा सम्पन्न सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट ५३ घर परिबार र करिब सात लाख रुपैयाको लागतमा सम्पन्न बादपखोला पेल्ट्रिकसेटबाट ३३ घरपरिवारले बिद्युत उपभोग गर्न पाएको स्थानीय बासिन्दा तथा उक्त वडाका पूर्वसचिब थलकुमार गौतमले जानकारी दिनुभयो ।
त्यस क्षेत्रका झण्डै एक दर्जन भन्दा बढी ठाँउ लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतबाट झलमल्ल भएका छन् । बाहुनतिल्पुङ्, भद्रकाली, पोखरी, लाम्पन्टार, खाङ्साङ्, बालाजोर, सित्तलपाटी, पिपलमाढी, रत्नावति, खोलागाँउ र शान्तेश्वरी लगायतका ठाँउमा यी लघु जलविद्युत आयोजना निर्माण भएको पनि समन्वय समितिले जनाएको छ ।
पाँच बर्षअघि ग्रामीण उर्जा विकास कार्यक्रम अन्तर्गत जिल्ला उर्जा तथा बाताबरण शाखाले लघु तथा साना जलविद्युत आयोजना सञ्चालनका लागि १७ वटा साबिक गाविसमा स्थलगत पूर्व संभाव्यता अध्ययन गरि सकेको छ । पूर्व संभाव्यताको क्रममा ध्याङलेक गाँउपालिकाको अमले र नेत्रकाली, तीनपाटन गाँउपालिकाको बाहुनतिल्पुङ्, र फिक्कल गाँउपालिकाको खोलागाँउ लघु तथा साना जलविद्युत आयोजनाका लागि बढि सम्भाव्य भएको ठाँउ पाईएको छ ।
जिल्ला समन्वय समितिका अनुसार स्थानीय तहको चुनाव हुनअघि लघु जलविद्युत आयोजना निर्माणका लागि सरकारले पाँच किलोवाट क्षमताको भन्दामाथिकोलाई प्रति किलोवाट एक लाख २५ हजार र पाँच किलोवाट क्षमताको भन्दा तलकोलाई प्रतिकिलोवाट ९७ हजार पाँच सय रुपैया अनुदान दिइएको थियो । सरकारी अनुदान बाहेक पनि नीजि क्षेत्रबाट सहयोग जुटाई जिल्लाका विभिन्न भागमा लघु तथा साना जलविद्युत आयोजना निर्माण पनि सुरु गरिएको स्थानीय बासिन्दा बताउछन् ।
बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र काठमाण्डौको सहयोगमा फिक्कल गाँउपालिकाको खाङ्साङ्स्थित साखरखोलाबाट १४.३ किलोवाट विद्युत उत्पादन गरि गाँउलाई नै झलमल बनाएको साखरखोला लघु तथा साना जलविद्युत आयोजनाका सचिब बमबहादुर पिठाकोटे बताउनुहुन्छ ।
उक्त आयोजनाको कुल लागत ३६ लाख रुपैया रहेको र त्यसमध्ये बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहयोग १२ लाख १५ हजार पाँच सय रुपैया, स्थानीय उपभोक्ताबाट नगद सङ्कलित दुई लाख ५० हजार रुपैया र बाँकी रकम तत्कालिन जिविस, गाविसको सहयोग रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चार वर्षअघि निर्माण पुरा भएको उक्त आयोजनाबाट फिक्कल गाँउपालकाको वडा नं. ३ गरि २५० घरमा बिजुली बलेको छ ।