काठमाडौँ,५ कार्तिक– फिल्म रे ड वा इनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रे ड वा इन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । फिल्ममा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ ।
फिल्मको यसै वर्षबाट छायांकन सुरु गरिनेछ । फिल्मको अधिकांश छायांकन अमेरिकामा गरिँदैछ । यसका लागि कलाकारको भिसा प्रक्रियाको तयारी भइरहेको बताइएको छ । फिल्मले अ मेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथा पेश गर्ने बताइएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । पासाङ लामा र आर्यन पौडेलले फिल्मको निर्माण गर्नेछन् ।
काठमाडौँ, ५ कार्तिक – सदावहार अभिनेत्री करिश्मा मानन्धर फिल्म ‘हिरोज’ पछि कुनै फिल्ममा अभिनय गरेकी छैनन् । उनी फिल्ममा भन्दा पनि पढाईमा केन्द्रित भएपछि उनी फिल्ममा अभिनय गरेकी छैनन् । १४ वर्षको उमेरमै फिल्म ‘सन्तान’ बाट अभिनय थालेकी करिश्माको पढाईमा ब्रेक भएको थियो । त्यसैका कारण रोकिएको अध्ययनलाई उनले पछिल्लो समय निरन्तरता दिएकी हुन् ।
एक समय करिश्माको फिल्म क्षेत्रमा एक्लै राज थियो । जुन समय उनलाई फिल्म खेलाउनका लागि ननर्माता – निर्देशक र विज्ञापनमा खेलाउन प्रतिष्पर्धा हुन्थ्यो । उनका हरेक चिज बिज्ञापन हुने गर्थेँ । अहिले करिश्माको पुरानो एक तस्विरले हंगामा मच्चाइरहेको छ । २०५२ सालतिर फोटो सुटका बेला नेविको बिस्कुट खाएको तस्विर अहिले भाइरल भइरहेको छ । त्यो समयमा फोटोग्राफर सुब्रत धिमालले आफ्नो स्टूडियोमा करिश्माको फोटोसुट गरेका थिए । त्यो समय निकै चलेको बिस्कुट खाजाका लागि करिश्मालाई सुब्रतले नेविको बिस्कुट खानलाई दिएका थिए ।
,करिश्माले खाइरहेको बिस्कुटको पोजलाई उनले रमाइलोका लागि खिचेका थिए । जुन नेविको बिस्कुटका लागि बिज्ञापन हुन पुग्यो । अहिले पनि त्यो तस्विर सामाजिक सञ्जालमा उतिकै मात्रामा चर्चामा रहेको छ । निर्देशक सुब्रत आचार्यले सामाजिक सञ्जाल फेसबुकमा करिश्माको नेविको बिस्कुट खाइरहेको तस्विर सेयर गर्दै , करिश्मालाई प्रश्न गरेका छन् ,‘ दिदी ,यो बिस्कुट अहिले पनि पाइन्छ ?’
करिश्माले उनको प्रश्नको उत्तर दिदै ,यसको लामो कथा रहेको बताएकी छन् । उनले भनेकी छन,‘ यस्को काहानी छ । शुब्रत धिमाल दाइले फोटो सुट भैराखेको बेलामा खाजा खाने समयमा चियासँग यो बिस्कुट दिनु भयो । अनि यसो पोज गर त भनेर यो फोटो खिचियो । पछि त यो यस्तो पो आयो बिज्ञापन ! मैले पछि धिमाल दाइ को घरमै गएर दाइ यो त बिज्ञापन रहेछ , खोइ मेरो पारिश्रमिक भनेर लिएरै छोडे । ’