शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वि प्लवले सार्वजनिक गरे सरकार वि रुद्ध सं घर्षका कार्यक्रम

बुधवार , कार्तिक ५, २०७७

काठमाडौँ,५ कार्तिक– नेत्रविक्रम चन्द (वि प्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध सं घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाका महासचिव नेत्रबिक्रम चन्द वि प्लव द्धारा एक बिज्ञप्ती जारी गरी सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खे लवाड गरेको र सत्ताको आडमा भ्र ष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सं घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लव द्धारा बुधबार विज्ञप्ति जारी गरी कोरोनाको प्रभावले आ क्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिएकाले सं घर्ष गर्नुपरेको प्रस्ट पार्दै त्यसमा साथ दिन सम्बन्धित सम्पूर्ण पक्षलाई आह्वान पनि गरेका छन् ।

विप्लवले तीनदिने सं घर्षका कार्यक्रम घोषणा गर्दै भनेका छन्, ‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य स ङ्कटलाई समेत पैसा कमाउने, भ्र ष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दु रुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस स ङ्कटको बेला जनताको स्वास्थ्यमा खे लबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कु म्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चे तावनी दिन चाहन्छ ।’

विज्ञप्तिमा ‘वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन् .’भनेका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना म हा मा रीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भ यावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण श क्ति कोरोनाको नि यन्त्रण र कोरोनाको प्रभावले आ क्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो सं वेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै नि कृष्ट र अ मानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम ला परबाही र अ संवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’

विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कठिनाइ झेल्दै कोरोना म हा मा री वि रुद्ध निरन्तर खटिरहेका सु रक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रो त्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्र ताडित हुनुपरेका घ टनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कोरोना म हा मा री का क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सु रक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य स ङ्कटलाई समेत पैसा कमाउने, भ्र ष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दु रुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस स ङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कु म्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ । उपरोक्त विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र स ङ्घर्षमा सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

नेकपाले घोषणा गरेको स ङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ :

२०७७ कात्तिक १५ गते कोणसभा

२०७७ कात्तिक १७ गते पर्चा वितरण

२०७७ कात्तिक २० गते विरोधजुलुस

नेकपाले सङ्घर्षका लागि यसप्रकार नारा तय गरेको छ :

आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर ।

कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर ।

भ्रष्टाचारीलाई कारबाही गर ।

विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया