शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

करिश्माले खाएको बिस्कुटको बिज्ञापन झुक्याएर खिचिएको थियो ?

बुधवार , कार्तिक ५, २०७७

काठमाडौँ, ५ कार्तिक – सदावहार अभिनेत्री करिश्मा मानन्धर फिल्म ‘हिरोज’ पछि कुनै फिल्ममा अभिनय गरेकी छैनन् । उनी फिल्ममा भन्दा पनि पढाईमा केन्द्रित भएपछि उनी फिल्ममा अभिनय गरेकी छैनन् । १४ वर्षको उमेरमै फिल्म ‘सन्तान’ बाट अभिनय थालेकी करिश्माको पढाईमा ब्रेक भएको थियो । त्यसैका कारण रोकिएको अध्ययनलाई उनले पछिल्लो समय निरन्तरता दिएकी हुन् ।

एक समय करिश्माको फिल्म क्षेत्रमा एक्लै राज थियो । जुन समय उनलाई फिल्म खेलाउनका लागि ननर्माता – निर्देशक र विज्ञापनमा खेलाउन प्रतिष्पर्धा हुन्थ्यो । उनका हरेक चिज बिज्ञापन हुने गर्थेँ । अहिले करिश्माको पुरानो एक तस्विरले हंगामा मच्चाइरहेको छ । २०५२ सालतिर फोटो सुटका बेला नेविको बिस्कुट खाएको तस्विर अहिले भाइरल भइरहेको छ । त्यो समयमा फोटोग्राफर सुब्रत धिमालले आफ्नो स्टूडियोमा करिश्माको फोटोसुट गरेका थिए । त्यो समय निकै चलेको बिस्कुट खाजाका लागि करिश्मालाई सुब्रतले नेविको बिस्कुट खानलाई दिएका थिए ।

,करिश्माले खाइरहेको बिस्कुटको पोजलाई उनले रमाइलोका लागि खिचेका थिए । जुन नेविको बिस्कुटका लागि बिज्ञापन हुन पुग्यो । अहिले पनि त्यो तस्विर सामाजिक सञ्जालमा उतिकै मात्रामा चर्चामा रहेको छ । निर्देशक सुब्रत आचार्यले सामाजिक सञ्जाल फेसबुकमा करिश्माको नेविको बिस्कुट खाइरहेको तस्विर सेयर गर्दै , करिश्मालाई प्रश्न गरेका छन् ,‘ दिदी ,यो बिस्कुट अहिले पनि पाइन्छ ?’

करिश्माले उनको प्रश्नको उत्तर दिदै ,यसको लामो कथा रहेको बताएकी छन् । उनले भनेकी छन,‘ यस्को काहानी छ । शुब्रत धिमाल दाइले फोटो सुट भैराखेको बेलामा खाजा खाने समयमा चियासँग यो बिस्कुट दिनु भयो । अनि यसो पोज गर त भनेर यो फोटो खिचियो । पछि त यो यस्तो पो आयो बिज्ञापन ! मैले पछि धिमाल दाइ को घरमै गएर दाइ यो त बिज्ञापन रहेछ , खोइ मेरो पारिश्रमिक भनेर लिएरै छोडे । ’

बिहेको ४० वर्ष सम्म पनि हेमा मालिनी धमेन्द्रको घरमा गएकी

छैनन्

काठमाडौँ, ५ कार्तिक – बलिउडकी ड्रिम गर्ल हेमा मालिनी  ७२ वर्षकी भइन् । उनी १६ अक्टोबर १९४८ मा तमिलनाडुको अम्मकुंदीमा जन्मिएकी थिइन् । हेमा मालिनी बलिउड सुपरस्टार धर्मेन्द्रकी दोस्रो पत्नी हुन् । यी दुईको विवाह सन् १९८० मा भएको थियो । यी दुईको विवाह भएको ४० वर्ष भयो तर हेमा आजसम्म पनि धर्मेन्द्रको घर गएकी छैनन् जबकि धर्मेन्द्रको घर हेमाको घरबाट केवल ५ मिनेटको दूरीमा छ । हेमाको परिवारबाट धर्मेन्द्रको घर जाने एक्ली सदस्य उनकी छोरी ईशा हुन् जो ५ वर्ष पहिले २०१५ मा मात्र धर्मेन्द्रको घर गएकी थिइन् । त्यतिबेला ईशा ३४ वर्षकी भइसकेकी थिइन् ।

राम कमल मुखर्जीको पुस्तक ‘हेमा मालिनीः बियोन्ड द ड्रिम गर्ल’मा हेमाको जीवनका यस्ता कैयौं र हस्यहरुको खुलासा गरिएको छ । २०१५ मा धर्मेन्द्रका भाइ तथा अभय देओलका पिता अजीत देओल अत्यन्तै बि रामी थिए । उनी बेडमा थिए र ईशा उनलाई भेट्न चाहन्थिन् । किताबमा ईशाको हवाला दिँदै लेखिएको छ ‘म काकासँग भेट्न चाहन्थें र आफ्नो तर्फबाट सम्मान दिन चाहन्थें । उहाँले मलाई र आहानालाई धेरै माया गर्नुहुन्थ्यो र हामी पनि अभयका निकै नजिक थियौं । हामीसँग उहाँको घर जानेबाहेक कुनै बाटो थिएन । उहाँ अ स्पतालमा हुनुहुन्नथ्यो । त्यसैले मैले सनी दाईलाई फोन गरें, उहाँले भेट्ने सबै व्यवस्था मिलाइदिनुभयो ।’

किताबका अनुसार हेमाको घर आदित्य धर्मेद्रको ११ औं रोड हाउस भन्दा केवल ५ मिनेटको दूरीमा छ । तर हेमाकी छोरी ईशालाई त्यहाँसम्म पुग्न ३४ वर्ष लाग्यो । ईशा १९८१ मा जन्मिएकी हुन् र उनी आफ्ना पिताको घर २०१५ मा गएकी थिइन् । पुस्तकका अनुसार बिहेपहिले धर्मेन्द्रकी पत्नी प्रकाश कौरसँग कैयौं पटक समारोहमा भेटेकी थिइन् । तर, बिहेपछि दुबैको बाटो फरक भयो । हेमाका अनुसार उनी कसैलाई डि स्टर्ब गर्न चाहन्नथिन् । धर्मेन्द्रले आफ्नो र छोरीहरुको लागि जे गरे त्यसबाट आफू खुसी भएको हेमाले बताएकी छिन् ।

प्रतिक्रिया