काठमाडौँ, ५ कार्तिक – बलिउडकी ड्रिम गर्ल हेमा मालिनी ७२ वर्षकी भइन् । उनी १६ अक्टोबर १९४८ मा तमिलनाडुको अम्मकुंदीमा जन्मिएकी थिइन् । हेमा मालिनी बलिउड सुपरस्टार धर्मेन्द्रकी दोस्रो पत्नी हुन् । यी दुईको विवाह सन् १९८० मा भएको थियो । यी दुईको विवाह भएको ४० वर्ष भयो तर हेमा आजसम्म पनि धर्मेन्द्रको घर गएकी छैनन् जबकि धर्मेन्द्रको घर हेमाको घरबाट केवल ५ मिनेटको दूरीमा छ । हेमाको परिवारबाट धर्मेन्द्रको घर जाने एक्ली सदस्य उनकी छोरी ईशा हुन् जो ५ वर्ष पहिले २०१५ मा मात्र धर्मेन्द्रको घर गएकी थिइन् । त्यतिबेला ईशा ३४ वर्षकी भइसकेकी थिइन् ।

राम कमल मुखर्जीको पुस्तक ‘हेमा मालिनीः बियोन्ड द ड्रिम गर्ल’मा हेमाको जीवनका यस्ता कैयौं र हस्यहरुको खुलासा गरिएको छ । २०१५ मा धर्मेन्द्रका भाइ तथा अभय देओलका पिता अजीत देओल अत्यन्तै बि रामी थिए । उनी बेडमा थिए र ईशा उनलाई भेट्न चाहन्थिन् । किताबमा ईशाको हवाला दिँदै लेखिएको छ ‘म काकासँग भेट्न चाहन्थें र आफ्नो तर्फबाट सम्मान दिन चाहन्थें । उहाँले मलाई र आहानालाई धेरै माया गर्नुहुन्थ्यो र हामी पनि अभयका निकै नजिक थियौं । हामीसँग उहाँको घर जानेबाहेक कुनै बाटो थिएन । उहाँ अ स्पतालमा हुनुहुन्नथ्यो । त्यसैले मैले सनी दाईलाई फोन गरें, उहाँले भेट्ने सबै व्यवस्था मिलाइदिनुभयो ।’
किताबका अनुसार हेमाको घर आदित्य धर्मेद्रको ११ औं रोड हाउस भन्दा केवल ५ मिनेटको दूरीमा छ । तर हेमाकी छोरी ईशालाई त्यहाँसम्म पुग्न ३४ वर्ष लाग्यो । ईशा १९८१ मा जन्मिएकी हुन् र उनी आफ्ना पिताको घर २०१५ मा गएकी थिइन् । पुस्तकका अनुसार बिहेपहिले धर्मेन्द्रकी पत्नी प्रकाश कौरसँग कैयौं पटक समारोहमा भेटेकी थिइन् । तर, बिहेपछि दुबैको बाटो फरक भयो । हेमाका अनुसार उनी कसैलाई डि स्टर्ब गर्न चाहन्नथिन् । धर्मेन्द्रले आफ्नो र छोरीहरुको लागि जे गरे त्यसबाट आफू खुसी भएको हेमाले बताएकी छिन् ।
नेपाल आइडल सिजन –३ बाट चर्चामा आएकी गायिका रचना
रिमालको सुन्दरता ( हेर्नुहोस् तस्विर )
काठमाडौँ,३ कार्तिक –नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिएकी गायिका रचना रिमालको चर्चा पछिल्लो समय निकै भइरहेको छ ।

हालै उनी म्युजिक भिडियोमा निकै ब्यस्त रहेकि छिन् । कोरोनाको मा हा मा री बिच मै चर्चामा छाएकि गायिका हुन् रचना रिमाल ।

नेपाल आइडलबाट उत्कृष्ट ८ बाट नै बाहिरिएकि थिइन् तर भने उनको यात्रा सकिएन, यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।

पछिल्लो समय लकडाउन पछि चर्चामा छाएकि गायिका रचनाले अहिलेसम्म करिब ६० भन्दा धेरैवटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् । झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत संगीतमा धेरै रुचि राख्थिन् ।

सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले बेलाबेला निकै सुन्दर तस्विरहरु सामाजिक संजालमा शेयर गर्ने गर्छिन् र उक्त तस्विरमा दर्शकले निकै राम्रो प्रतिकृया समेत दिएका हुन्छन् ।

उनले सामाजिक संजाल फेसबुकमा शेयर गरेका केहि तस्विरहरू हेर्नुहोस् :







