बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कर्मचारी संक्रमित हुँदा नगरवासिले दुःख पाउनु हुदैँन

बुधवार , कार्तिक ५, २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विश्केशन ढकाललाई कोरोना सं क्रमण देखिएपछि नगरवासी चिन्तित बनेका छन् । सेवामा खटिने क्रममा दाहाल सं क्रमित हुनुभयो । एउटा राष्ट्रसेवक सेवामा समर्पित हुँदा सं क्रमित बन्न पुगे, त्यसता राष्ट्रसेवकको कार्यशैलिलाई सलाम गर्नै पर्छ । तर, उहाँको ठाउँमा निमित्त कर्मचारी नखटाएर नगरपालिकाले गलत गरेको छ । ढकाललाई संक्रमण भएसँगै नगरको कामकारवाहि प्रभावित भएपछि नगरवासि चिन्तित भएका छन् । नगरपालिकाको प्रशासकिय कामकारवाहिमा नै दख्खल पुग्ने गरि प्रशासकिय अधिकृत आइसोलेसनमा बसेपछि दशैँ अघि रकम निकासा लगायत अन्य सेवाबाट सेवाग्राहि वञ्चित भएका छन् । कमलामाई नगरपालिकाले गर्ने काममा सहयोग पुर्‍याउने विभिन्न व्यवसायलाई नगरपालिकाले प्रशासकिय अधिकृत संक्रमित भएका कारण रकम निकासा गरेको छैन ।

रकम निकासा नभएपछि केहिले दशैँमा आफ्ना कामदारलाई समेत रकम फस्र्यौट गर्न नसकेको गुनासो गरेका छन् । कमलामाई नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत बिरामी भएको कारण देखाएर अरुको दशैँ खल्लो पार्न मिल्दैन । एउटा व्यवसायलाई रकम निकासा नगर्नु भनेको दर्जनौँ परिवारलाई दशैँमा आर्थिक समस्या पार्नु हो । तसर्थ, नगरपालिकाले निमित्त कर्मचारी खटाएर भएपनि सेवा प्रभावित हुन दिनुहुदैँन । अतः सिन्धुलीसौगात प्रमुख प्रशासकिय अधिकृतको स्वास्थ्यलाभको कामना गर्दछ ।

प्रतिक्रिया