शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

चाडपर्वमा सिन्धुलीमा यातायात व्यवसायिको ब्र म्हलुट

मंगलवार , कार्तिक ४, २०७७

सिन्धुली,४ कार्तिक – सिन्धुली जिल्लामा चाडपर्वको मौ का छोपेर यात्रुसँग बढी भाडा असुलेर यातायात व्यवसायिले ब्र म्हलुट मच्चाउन थालेका छन् । यसरी म नपरी भाडा लिएर ब्र म्हलुट म च्चाउने बीपी राजमार्गमा सञ्चालन हुने २६ वटा सबारी साधन का रबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले मंगलबार काठमाडौँबाट मरिण तर्फ आउदै गरेको बा. ४ ख. ७४२ नम्बरको बसले बढी अ सुल गरेको १८ हजार तीन सय रुपैया भाडा यात्रुलाई नै फिर्ता गरी सबारी साधनलाई एक हजार रुपैया ज रिवाना गरेको जनाएको छ ।

उक्त कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले काठमाडौँबाट मरिणसम्मको साविक भाडा ४५०। रुपैया रहेकोमा उक्त बसले छ जना यात्रुबाट जनही एक हजार दुई सय रुपैया र २७ जना यात्रुबाट एक हजार ८५०। रुपैयाका दरले भाडा अ सुलेको पाईएको बताउनुभयो । बिशेष सूचनाका आधारमा खुर्कोटमा ट्राफिक प्रहरीले उक्त गाडीलाई का रबाही गरी बढी असुलेको भाडा सम्बन्धित यात्रुलाई नै फिर्ता गरेको उहाँले जानका री दिनुभयो ।

बिपि राजमार्ग हुदै काठमाडौँबाट कपिलाकोटतर्फ आउदै गरेको ना ४ ख ७३२ नं. को बसलाई खुर्कोटमा ट्राफिक प्रहरीले चे कजाँच गर्ने क्रममा बढी भाडा यात्रुलाई फिर्ता गरी सबारी साधनलाई का रबाही गरेको छ । ट्राफिक प्रहरीको टोलीले उक्त बस रोकी बसमा सवार यात्रुहरूसँग सोधपुछ गर्दा काठमाडौँबाट कपिलाकोटसम्मको भाडा प्रतियात्रु ४५०। भएतापनि बसले एक हजार ८५०। भाडा लिएको यात्रुले गु नासो गरेका थिए ।

प्रति यात्रु छ सय रुपैया बढी लिएको पाइएकोले उक्त बसमा सवार ३३ जाना यात्रुको छ रुपैयाको दरले १९ हजार आठ सय रुपैया फिर्ता गराई बसलाई कानून बमोजिम का रवाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख क्षेत्रीका अनुसार कात्तिक महिना सुरु भएपछि मात्रै बढी भाडा लिने १७ वटा सबारी साधन का रबाहीमा परि सकेका छन् ।

त्यस्तै बढी भाडा लिने १४ वटा माईक्रोबस र एउटा भाडाको जिपलाई सोमबार का रबाही गरी बढी असुलेको करिब ४० हजार रुपैया सम्बन्धित यात्रुहरुलाई नै फिर्ता गरेको उक्त कार्यालयले जनाएको छ । गत महिना बढी भाडा असुल्ने आठ वटा सबारी साधनलाई का रबाही गरिएको पनि ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले जानका री दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो पटक भएकोले सुरुमा सबारी साधनलाई एक हजार रुपैयाका दरले जरिवाना गरि का रबाही गरेर छाडेका छौं । गत महिना बढी भाडा लिने सबारी साधनलाई पाँच हजार रुपैयाका दरले जरिवाना गरि छाडिएको छ ।”

बर्सेनि बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानले चाडपर्वको बेलामा मनपरी भाडा असुलेर ब ्रम्हलुट म च्चाउने गरेको स्थानीयको गुनासो छ । “दशैं तीहारका बेला यातायात व्यवसायिले मनपरि भडा लिएर ब्रम्हलुट नै मच्चाउछन्,” सदरमुकाम सिन्धुलीमाढी निवासी डम्बरबहादुर मगरले भन्नुभयो, “अरु बेला यस रुटमा चल्ने सवारी साधनले काठमाडाँैसम्मको भाडा छ सय रुपैया“ लिने गरेका थिए ।”

कोरोना भा ईरसका कारण बिगत बर्षको तुलनमा यो बर्ष सबारी साधन पातलो नै चले पनि मौका छोपेर सबारी साधनले भाडा असुल्ने गरेको उहाँको गुनासो छ । यातायात व्यवसायिको मनपरितन्त्रले गर्दा सर्बसाधारण व्यक्ति मारमा परेका यात्रुहरु बताउछन् । चाडबाडमा एकतर्फी मात्र यात्रु बोक्नु पर्ने भएकाले बाध्ये भएर केही रकम बढि लिनु परेको यातायात व्यवसायिको भनाई पाईन्छ ।

प्रतिक्रिया