सिन्धुली,४ कार्तिक – सिन्धुली जिल्लामा वल्र्डलिंक ईन्टरनेट सेवा जडान गर्ने ग्राहकहरुले पछिल्लो समयमा निकै सस्ती खेप्न बाध्य भएका छन् ।
उक्त संस्थाले ईन्टरनेट सेवालाई गुणस्तरिय र छिटो छरितो नबनाउदा ग्राहकहरुले हैरानी खेप्नु परेको हो । सदरमुकाम सिन्धुलीमाढीमा कार्यालय रहेको उक्त संस्थाले ईन्टरनेट सेवालाई भरपर्दो, गुणस्तरिया र छिटो छरितो बनाउनुको सट्टा ग्राहक मात्रै बढाएर ठगि गरेको गुनासो पनि उनीहरुको छ ।
सदरमुकाम सिन्धुलीमाढीमा बिगत पाँच दिनदेखि वल्र्डलिंक ईन्टरनेट सेवा अबरुद्ध रहेको सदरमुकाम निवासी कुलबहादुर श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा फोन गरेर सोध्दा आज बन्छ, भरे बन्छ, भोलि बन्छ भन्ने जवाफ पाईन्छ । बन्ने कहिले हो ? ठेगान छैन ।”
वल्र्डलिंकको सेवाबाट अधिकांस ग्राहक असन्तुष्ट रहेका र बिस्तारै उक्त सेवा हटाउने मनस्थितीमा पुगेको समेत उहाँले सुनाउनुभयो । अधिकांस ग्राहकले तीन महिनाको न्युनतम सात हजार नौ सय रुपिया तिरेको जनाएका छन् ।
सदरमुकाम सिन्धुलीमाढीमा झण्डै पाँच सय ग्राहक रहेको वल्र्डलिंकको कार्यालयले जनाएको छ । यस सम्बन्धमा बुझ्न कार्यालय प्रमुख श्रीराम थापासँग सम्पर्क हुन सकेन । कार्यालयमा कार्यरत कर्मचारी बन्दना दनुवारले भने भिमान र पाटुमा बिग्रिएकोले वल्र्डलिंकको सेवा अ बरुद्ध भएको बताउनुभयो । उहाँले चाँडै नै सेवा सुचारु हुने पनि बताउनुभयो ।
सिन्धुलीका १४८ जनाको स्वाब संकलन गरि परिक्षण गर्न पठाईयो

सिन्धुली,४ कार्तिक – सिन्धुली अस्पतालले १४८ जनाको स्वाब संकलन गरी मंगलबार बिहान पिसिआर परिक्षण गर्न धुलिखेल पठाएको छ ।
परिक्षण गर्न पठाएका मध्ये पहिलो पटक स्वाव दिने ९१ जना र कोरोना सं क्रमित भई दोस्रो पटक स्वाब दिने ५७ जना रहेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार सोमबार एपोलो अस्पतालमा ११४ जना, सिन्धुली अस्पतालमा २८ जना र भिमानमा छ जनाको गरी १४८ जनाको स्वाब संकलन गरिएको थियो ।
उक्त स्वाब मंगलबार विहान नै धुलिखेख पु¥याई सकिएको र बिहिबारसम्ममा परिक्षणको रिपोर्ट आई सक्ने उहाँले बताउनुभयो । कोरोना सं क्रमित भई उपचार गरि रहेका, नेपाली सेना, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र सर्बसाधारणको स्वाब संकलन गरि परिक्षण गर्न पठाईएको हो ।
जिल्लामा सोमबारसम्म तीन हजार ६९८ जनाको पिसिआर परिक्षण गर्दा २७३ जना सं क्रमित व्यक्ति फेला परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अझै ६५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । फेला परेका सं क्रमित मध्ये सक्रिय सं क्रमित व्यक्तिको संख्या १३६ जना रहेका छन् ।
सक्रिय सं क्रमित मध्ये एपोलो अस्पताल र सिन्धुली अस्पतालमा गरी १५ जनाको र बाँकीको होमआइसोलेसनमा उपचार भई रहेको स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।
जिल्लामा अहिलेसम्म १३७ जना उपचार पछि निको भएर घर गई सकेका पनि उहाँले बताउनुभयो ।