शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका १४८ जनाको स्वाब संकलन गरि परिक्षण गर्न पठाईयो

मंगलवार , कार्तिक ४, २०७७

सिन्धुली,४ कार्तिक – सिन्धुली अस्पतालले १४८ जनाको स्वाब संकलन गरी मंगलबार बिहान पिसिआर परिक्षण गर्न धुलिखेल पठाएको छ ।

परिक्षण गर्न पठाएका मध्ये पहिलो पटक स्वाव दिने ९१ जना र कोरोना सं क्रमित भई दोस्रो पटक स्वाब दिने ५७ जना रहेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार सोमबार एपोलो अस्पतालमा ११४ जना, सिन्धुली अस्पतालमा २८ जना र भिमानमा छ जनाको गरी १४८ जनाको स्वाब संकलन गरिएको थियो ।

उक्त स्वाब मंगलबार विहान नै धुलिखेख पुर्‍याई सकिएको र बिहिबारसम्ममा परिक्षणको रिपोर्ट आई सक्ने उहाँले बताउनुभयो । कोरोना सं क्रमित भई उपचार गरि रहेका, नेपाली सेना, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र सर्बसाधारणको स्वाब संकलन गरि परिक्षण गर्न पठाईएको हो ।

जिल्लामा सोमबारसम्म तीन हजार ६९८ जनाको पिसिआर परिक्षण गर्दा २७३ जना सं क्रमित व्यक्ति फेला परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अझै ६५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । फेला परेका सं क्रमित मध्ये सक्रिय सं क्रमित व्यक्तिको संख्या १३६ जना रहेका छन् ।

सक्रिय सं क्रमित मध्ये एपोलो अस्पताल र सिन्धुली अस्पतालमा गरी १५ जनाको र बाँकीको होमआइसोलेसनमा उपचार भई रहेको स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म १३७ जना उपचार पछि निको भएर घर गई सकेका पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया