शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बलिउड नायक सञ्जय दत्त क्या न्स रबाट मुक्त

मंगलवार , कार्तिक ४, २०७७

काठमाडौं,४ कार्तिक - बलिउड नायक सञ्जय दत्तको क्या न्स र निको भएको छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ ।

सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन ए मिशन टेमोग्राफी (पीईटी) रिपोर्ट आएको छ जसमा उनी क्या न्स रबाट मुक्त पाइएका छन् । पीइटी स्क्यान क्या न्सरको सबैभन्दा प्रमाणित परीक्षण मानिन्छ । यसमा पी डितको क्या न्सर से लको स्थिती के हुन्छ, त्यसबारे थाहा हुन्छ ।

अस्पतालसँग जोडिएको स्रोतले के भन्यो ?

‘क्या न्सर सेल्समा अन्य सेल्सको तुलनामा मेटाबोलिक रेट धेरै हुन्छ । केमिकल एक्टिभिटीको यो हाई लेभलका कारण क्या न्सर से ल्स पीईटी स्क्यानमा चम्किलो धब्बाको रुपमा देखिन्छ । यसैकारण पीईटी स्क्यानले क्यान्सरको पत्ता लगाउन सहयोग त गर्छ नै साथै यसले शरीरमा क्या न्स र कति फै लिसकेको छ भनेर पनि पत्ता लगाउन सकिन्छ ।’

संजयले केही दिन अघि मात्रै भनेका थिए, ‘म यसलाई हराइदिनेछु’

केहि दिन अघ सञ्जय दत्तले एक भिडियोमा पहिलो पटक आफ्नो रो गबारे कुरा गरेका थिए । सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सोसल मिडिया पेजमा सञ्जय दत्तको भिडियो सेयर गरेका थिए । यसमा सञ्जय दत्तले अलिमलाई सबैसामू परिचय दिएका थिए र त्यसपछि आफ्नो निधारमा आएको दागमा भनेका थिए, ‘यदि तपाईंले यो देख्नु भएको छ भने यो मेरो जीवनको हालैको निशान हो, तर यसलाई म छिट्टै हराउनेछु । म क्या न्सरबाट चाँडै नै मुक्त पाउनेछु ।’

११ अगस्टमा क्या न्सरको कुरा आएको छः

सञ्जय दत्तलाई ८ अगस्टमा सास फेर्न समस्या भएपछि लिलावती अस्पताल भर्ना भएको थिए, जहाँ उनका केही परीक्षण भएको थियो । त्यसको ३ दिनपछि ११ अगस्टमा उनी फो क्सोको क्या न्स रसँग जु धिरहेको भन्ने खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया