काठमाडौँ,३ कार्तिक –नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिएकी गायिका रचना रिमालको चर्चा पछिल्लो समय निकै भइरहेको छ ।

हालै उनी म्युजिक भिडियोमा निकै ब्यस्त रहेकि छिन् । कोरोनाको मा हा मा री बिच मै चर्चामा छाएकि गायिका हुन् रचना रिमाल ।

नेपाल आइडलबाट उत्कृष्ट ८ बाट नै बाहिरिएकि थिइन् तर भने उनको यात्रा सकिएन, यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।

पछिल्लो समय लकडाउन पछि चर्चामा छाएकि गायिका रचनाले अहिलेसम्म करिब ६० भन्दा धेरैवटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् । झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत संगीतमा धेरै रुचि राख्थिन् ।

सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले बेलाबेला निकै सुन्दर तस्विरहरु सामाजिक संजालमा शेयर गर्ने गर्छिन् र उक्त तस्विरमा दर्शकले निकै राम्रो प्रतिकृया समेत दिएका हुन्छन् ।

उनले सामाजिक संजाल फेसबुकमा शेयर गरेका केहि तस्विरहरू हेर्नुहोस् :







