लेखक
ख्याल ख्यालमै सिन्धुली अहिले कोरोनाको इपिसेन्नटर बनिसकेको छ । सुरुका दिनमा सिन्धुलीमा विदेशबाट फर्किएका मानिसमा मात्र कोरोना देखिएको थियो । जो सिन्धुली आइपुग्ने वित्तिकै क्वारेनटाइनमा थिएँ र सं क्रमलाइ जितेपछि मात्र घर फर्किए । तर पछिल्लो समय सिन्धुलीमा समुदायमा यत्रतत्र घुमिरहेका मानिसमा कोरोना पुष्टि हुनुले सिन्धुलीमा कोरोना समुदाय स्तरमा पुगेको हो कि भन्ने ड र भएको छ । धेरै परीक्षण हुन् सकेको छैन । जति परीक्षण भएको छ । त्यसमा ३५ प्रतिशतसम्म कोरोना पो जेटिभ देखिनु चि न्ताको विषय हो ।
म हरेक महिना काठमाडौँबाट कम्तीमा एक पटक सिन्धुली पुगेकै हुन्थे । काठमाडौँ कडा ल क डाउन हुँदा पनि मलाइ सिन्धुली जान छेकिएँन । खालि सडकमा मोटरसाइकल ह्युइकाएर धेरै पटक घर पुगियो । तर काठमाडौँमा व्यापक स ङ्क्रमण फैलिन थालेपछि असार देखि म अहिले सम एक पटक पनि घर पुगेको छैन । कतै आफूले कोरोना घर परिवार र समाजमा रोग सारिने हो कि भन्ने डर छ ।
तर सिन्धुलीमा त्यसको कुनै प्रवाह देखिएन । नेता र सांसदलाई रेड जोनबाट सिन्धुलीको गाउँ गाउँ ओहोरदोहोर गर्न कुनै कुनै ल क डाउन र मापदण्डले छेकिएँन । सार्वजनिक यातायात खुलेपछि गाउँ पुगेका नागरिक इ मानदार साथ सेल्फ क्वारेनटाइनमा बसे तर जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्तालाई गाउँ गाउँमा सभा र भेला गर्दै डुलिरहे । सिन्धुलीमा कसरी फैलिरहेको छ कोरोना – यस ब्लगमा यिनै कुराको चर्चा गरेको छु ।
कोरोनाको म हा मा रीमा गाउँ गाउँमा नेकपाको राजनीतिक भेला
देशमा दैनिक ५ हजार भन्दा धेरै कोरोना सङ्क्रमित पहिचान भैरहदा सिन्धुलीमा भने गाउँ गाउँ नेकपाको पार्टी प्रवेश र युवा सँगको एकता भेला चलिरहेको थियो । पार्टी प्रवेश र एकता भेलामा नेकपाको माननीय देखि स्थानीय नेता – जो लगातार काठमाडौँमा सिन्धुली ओहोरदोहोर गरिरहेका व्यक्ति सहभागी थिएँ । असोज १९ गते तिनापाटनमा युवा संघको एकता भेलामा १ हजार हा राहारी मानिसको भेला भेला भएको थियो । उक्त कार्यक्रममा काठमाडौँ देखि पुगेका माननीय र सिन्धुलीका प्राय नेकपाको नेताको सहभागीता थियो । सरकारले २५ जना भन्दा धेरै भेला नहुन मापदण्ड जारि गरेको छ । तर माननीय र जनप्रतिनिधिहरु नै कोरोनालेले महामारीको रूप लिएको बेलामा हजारौँ व्यक्ति भेला गरेर कोरोना मापदण्डको खिल्ली उडाएर भेला सम्मेलनमा हिँडिरहेका थिएँ ।
उक्त भेलामा अतिथिको रूपमा सहभागी माननीय गणेश पहाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसले सिन्धुलीमा तरङ्ग ल्यायो । एकता भेला र पार्टी प्रवेशमा सामाजिक दुरी त परको कुरा । हात मिलाएर खुसी साटासाट गरिएको थियो । धेरैको मुखमा मास्क देखिएको थिएँ । सिन्धुली जनस्वास्थ्य कार्यालयले जनाए अनुसार पहाडीको सम्पर्कमा रहेका २२ जनालाई कोरोना पुष्टि भैसकेको छ र त्यो क्रम बढ्दो छ । माननीय पहाडीलाई सङ्क्रमण भएपछि उहाँको सम्पर्कमा रहेकालाई कोरोना पुष्टि हुनु माननीयले अरूलाई कोरोना सारेको भन्न मिल्दैन । उक्त कार्यक्रममा सहभागी हुँदाकै अवस्थामा भेलामा सहभागी अरू व्यक्तिबाट गणेश पहाडी सङ्क्रमित भएको पनि हुन् सक्छ । तर यस्तो महामारीको बेलामा जसरी गाउँ गाउँ राजनीतिक भेला , पार्टी प्रवेश र भेटघाट गर्दै हिँडियो । त्यो गलत थियो ।
[caption id="attachment_101921" align="alignnone" width="960"]
कांग्रेसबाट निर्वाचित तिनापाटन ४ का वडा सदस्य पुष्पराज गीरीलाइ नेकपामा प्रवेस गराउदै सांसद गणेश पहाडी[/caption]
तिनापाटनको युवा संघको भेलामा देखिएको भिड
उता मारिण गाउँपालिकामा पनि युवा संघको एकता भेलामा सिन्धुलीबाट सहभागी हुन् पुगेका एक व्यक्ति उक्त सम्मेलनबाट फर्किने वित्तिकै कोरोना पुष्टि भएको छ । र त्यसपछि मारिण गाउँपालिकामा एकता भेलामा सहभागी भएका लगायत ८ जनामा सङ्क्रमण देखियो । त्यसैले अहिले सिन्धुलीमा बेमौसमी राजनीतिक भेला र सम्मेलन अहिले कोरोना फैलाउने मुख्य स्रोत भयो । राजनीतिक दल अलिकति पनि गम्भीर बनेनन् ।
नगरपालिका बन्द गरेर मेयरको शुभकामना आदानप्रदान
सिन्धुलीमा कोरोनाले थप म हा मारीको रूप लिएपछि फेरी असोज २४ गते देखि कमलामाई नगरपालिका र मातहतका कार्यालय ब न्द गरिएको छ । तर कार्यालय बन्द गरेर कमलामाई नगरपालिकाको मेयर साप गाउँ गाउँमा मानिस भेला गरेर विजयादशमीको शुभकामना कार्यक्रममा सहभागी हुन पुग्नु भएको छ । भेला सम्मेलन , चाडपर्वमा हुने भि ड नि यन्त्रण गर्नु पर्ने बेलामा मेयर आफै कार्यालय ब न्द गरेर गाउँ गाउँ भेला सम्मेलन गर्दै हिँड्नु गैरजिम्मेवारको हद नाघेको छ । यसले नगरपालिका कोरोना नियन्त्रणमा गम्भीर भएको देखिँदैन । र फेरी तिनै शुभकामना आनाद्नाप्रदानले कोरोना फैलाइरहेको हुन् पनि सक्छ । जुन कार्यक्रम अहिले गर्न स्वास्थ्य मन्त्रालयले अनुमति दिएको पनि छैन । अहिले नागरिकले गरिरहेका यस्ता कार्यक्रम रोक्नु पर्ने बेलामा जनप्रतिनिधिकै सहभागिता छ ।
[caption id="attachment_101923" align="alignnone" width="960"]
कोरोनाको कारण कार्यालय बन्द गरेर कमलामाई नगरपालिका मेयर र प्रदेश सांसद विजयादशमीको शुभकामना कार्यक्रममा[/caption]
उता महामारीको बिच एक महिना अगाडी हरिहरपुर गढी गाउँपालिकाले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । यस्ता खेलकुद प्रतियोगिता गर्न नेपाल सरकारले अहिले अनुमति दिएको छैन । त्यसैले सिन्धुलीका स्थानीय तह आफै बेलाबेला निषेधाज्ञा लाउँदै कोरोना नियन्त्रण मापदण्डको आफै खिल्ली उडाइरहेका छन् । जुन कोरोना फैलाउने स्रोत बनिरेको छ
आइसोलेसन सेन्टरमा पर्यटकको घुइँचो
सिन्धुलीमा कोरोना स ङ्क्रमितलाई राख्न र उपचार गर्न भनेर सरकार र नागरिकको सहयोगमा ५० बेडको आ इसोलेसन बन्दै छ । तर निर्माणको अन्तिम चरणमा रहेको उक्त आइसोलेसन भवन पर्यटकीय स्थलको रूपमा रह्यो । सिन्धुलीमा स्थानीय तहले नि षेधाज्ञा गरेर व्यवसाय ठप्प पार्दा आइसोलेसन सेन्टरमा श्रमदानको नाममा फोटो खिच्नेको खपिनसक्नु भिड भयो । अहिले पनि सिन्धुली पुगेका अधिकांस नेता , सांसद र नागरिक एक पटक निर्माणाधीन आइसोलेसन सेन्टरमा पुग्नु पर्ने नियम नै जस्तो देखिन्छ । पछिल्लोपटक सङ्क्रमित भएका केहि व्यक्ति पनि आइसोलेसन सेन्टरको अनुगमनमा पुगेका थिएँ । अर्को तिर आइसोलेसन सेन्टर लाही ५ हजार सहयोग गर्न पनि ठुलो हुल बाँधिएर निर्माण स्थलमा पुग्ने गरेको छन् । कुनै पनि सार्वजनिक निर्माण क्षेत्रमा जो कोही त्यसरी सजिलोसँग प्रवेश पाउँदैन । तर त्यहाँ त्यो लागु छैन । सिन्धुली पुगेका नेतादेखि नागरिकसम्म आइसोलेसन सेन्टर अनुगमन गरियो भनेर सामाजिक सञ्जालमा तस्बिर हालिरहेका छन् । त्यसैले बढ्दो भिडभाडले आइसोलेसन सेन्टरबाट नै सङ्क्रमणको त्रास फैलाएको छ वा फैलिरहेको छ ।
जनतालाई कारबाही नेताको रजाइँ
सिन्धुली जिल्ला प्रशासनले निकालेको सूचना अनुसार कोरोना नि यन्त्रणमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा नगर्नलाई सङ्क्रमण रोग एन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा मास्क नलगाई हिँड्ने नागरिकलाई १०० रुपौया जरिवाना तिराइएको छ । तर राजनीतिक दल सयौँ व्यक्ति भेला गरेर गाउँ गाउँमा राजनीतिक कार्यक्रम गर्दै हिँडेका छन् । कोरोना नियन्त्रण मापदण्डको खिल्ली उडाइएको छ । न मुखमा मास्क छ न सामाजिक दुरी । रेड जोनबाट गएका नेता कार्यकर्ता निर्बाध रूपमा भेला सभामा सहभागी भएका छन् । सिन्धुलीमा प्रशासनले राजनीतिक दलको कार्यक्रम नियन्त्रण गर्न नसक्दा कोरोना आगो जसरी फैलिरहेको छ । सिन्धुलीमा गाउँबाट दसैं मनाउनको लागि खर्च जुटाउन गाउँबाट खसी बिक्रि गर्न बजारमा ल्याउने किसानलाइ प्रहरीले लखटेको छ भने राजतिनिक दल हजारौं व्यक्ति भेला गर्दै राजनीतिक कार्यकम गर्दै हिड्दा प्रशासन लाचार छ । सिन्धुलीमा जनतालाई कारबाही र नेता र कार्यकर्तालाई रजाइँ छ ।
[caption id="attachment_101924" align="alignnone" width="960"]
बजारमा किसानले बेच्न ल्याएको खसी लखट्दै प्रहरी[/caption]
स्वास्थ्य मन्त्रालय र नेपाल सरकारको प्रवक्ताले जनताले लापरबाही र गैरजिम्मेवारले कोरोना थप फैलिएको बताएका छन् । तर सिन्धुलीमा गाउँ गाउँमा कोरोना पुराउने नेता र कार्यकर्ता अनि दोष आम नागरिकलाई ?
अबको बाटो
सिन्धुलीमा अब कोरोना नियन्त्रण गर्न अब राजनीतिक दलका अहिले भइरहेको कार्यक्रम , स्थानीय तहका बेमौसमी खेलकुद प्रतियोगिता एकदम कडाइका साथ रोक्न जरुरी छ । त्यसमा सबै राजनीतिक दल जिम्मेवार भइदिनु पर्छ । सार्वजनिक यातायात पनि खुलिसकेको अवस्थामा अब जिल्ला प्रवेश निषेध गर्न मिल्दैन र सम्भव छैन । त्यो गरिए पनि जनतालाई मात्र हुन्छ र नेताको सधैँ रजाइँ । तर बाहिर जिल्लाबाट चाडपर्व मनाउन सिन्धुली आफ्नो घर पुग्ने वा कामको सिलसिलामा पुगेकालाई स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार न्यूनतम ७ देखि १४ दिन सेल्फ क्वारेटाईनमा बस्न लगाउनु पर्छ । त्यसको लागि स्थानीय तहले टोल टोलमा समिति गठन गरेर त्यसको अनुगमन र नियन्त्रण सजिलोसँग गर्न सकिन्छ । यसको लागि अब ढिला गर्नु हुँदैन ।
भुवन थापाको ब्लकपोष्टबाट