शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

चाडपर्व सुरुसँगै सिन्धुलीका ग्रामीण सडकमा दु र्घट्नाको जो खिम बढ्दो

सोमवार , कार्तिक ३, २०७७

सिन्धुली,३ कर्तिक – यो बर्षको बडादशैं सुरुसँगै ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दु र्घट्नाको जोखिम बढ्दै गएको छ ।

दशैंका लागि आवश्यक लत्ता कपडा तथा अन्य उपभोग्य बस्तु खरिद गर्न सदरमुकाम आउने ग्रामीण क्षेत्रका बासिन्दाका कारण यातायातका साधनमा यात्रुको चाप बढ्दै गएको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार राष्ट्रिय राजमार्गको पँहुच नपुगेको ग्रामीण क्षेत्रका सडकमा सञ्चालन हुने बोलेरो जिप लगायतका यातायातका साधनलाई अहिले क्षमता भन्दा बढी यात्रु बोक्नु बाध्यता बनेको छ ।

कोरोना भाईरस स क्रमणको जो खिम बढेसँगै घोषण गरिएको ल कडाउनका कारण लामो समयसम्म थन्किएका यातायातका साधनलाई यात्रुको चाप बढेसँगै निकै राहत भएको छ । कोरोना भाईरसको जोखिमका कारण लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधनलाई साबिकको भाडामै सिट क्षमता अनुसार यात्रु बोक्ने अनुमति दिईए पनि अधिकांस गाडीले क्षमता भन्दा बढी यात्रु बोकेर बढेको भाडा असुल्दै आएको जनाईएको छ ।

कमलामाई नगरपालिका ३ चपौली निवासी राधा पहाडी लकडाउन अघि सदरमुकाम सिन्धुलीमाढीबाट चपौलीसम्म यातायातका साधनले प्रतियात्रु एक सय रुपैया लिदै आएकोमा अहिल दुई सय रुपैया लिने गरेको गुनासो गर्नु हुन्छ । उहाँले भन्नुभयो, “अहिले सरकारले यातायातका साधनलाई सिट क्षमता अनुसार यात्रु बोकेर साविककै भाडा लिन तोकेको छ । तर यातायातका साधनले त्यसलाई वास्तै नगरी आफ्नै सुर छाडेका छैनन् ।”

ग्रामीण क्षेत्रका सडकमा साबारी साधन चेकजाँचको व्यवस्था नहुदा यात्रुहरु ठ गिएको स्थानीयको गुनासो छ । उनीहरुका अनुसार ग्रामीण क्षेत्रबाट सदरमुकाम भित्रिने यातायातका साधनले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिमसँगै यात्रुलाई सास्ती हुने गरेको हो । तोकिएको सिट क्षमता भन्दा बढी यात्रु राख्ने सार्वजनिक सवारी साधनलाई कारबाही हुने व्यवस्था भए पनि जिल्लाका ग्रामिण सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीका साधनलाई कारवाही हुन सकेको छैन् ।

सदरमुकाम सिन्धुलीमाढीदेखि मझुवासम्म सञ्चालन हुने एक बोलेरो जिपका चालकले भने, “गाडी देखेपछि सबै चढ्न खोज्छन् । हामीले कस्लाई चढ् भन्नु, कस्लाई नचढ भन्नु । क्षमता भन्दा बढी बोक्नु बाध्यता नै परेको छ ।” ग्रामीण क्षेत्रका सडकमा पर्याप्त सबारी साधन सञ्चालन नहुदा गाडीमा यात्रुको चाप बढेको उनको ठम्याई छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि चकमके हुदै बाहुनतिल्पुङसम्म चल्ने यातायातका साधनले कोचीकोची यात्रु बोक्ने गरेका छन् । यो सँगै जिल्लाका विभिन्न ठाउँमा यातायात व्यवसायीको यस्तै मनपरी चल्ने गरेको चकमकेका बासिन्दा लक्ष्मण मगरले बताउनुभयो । “कोचाकोचको यात्राले बालक, अशक्त नागरिक तथा बृद्धवृद्धा बढी समस्यामा पर्ने गरेका छन्,” उहाँले भन्नुभयो, “प्रहरी देख्दा यात्रुहरुलाई पैदल हिडाउने र प्रहरीको आँखा छलेर फेरि गाडीमा चढाउने काइदा पनि उनीहरुले अपनाउने गरेका छन् ।”

जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनमा आरक्षण सिट पनि कार्यान्वयनमा आउन सकेको छैन् । जसका कारण बृद्धबृद्धा तथा अशक्त बढी समस्यामा पर्ने गरेका छन् । सिन्धुलीको ग्रामिण क्षेत्रमा मात्रै त सवारी साधन चालकको मनपरी छ नै । सिन्धुली सदरमुकाममा समेत सवारी चालकको मनपरी चल्ने गरेको छ । ट्राफिक प्रहरीको आँखा छलेर उनिहरुले लामो तथा छोटो दुरीका सवारी साधनमा कोचाकोच गरेर जोखिमपुर्ण यात्रा गराईरहेको यात्रुहरु बताउँछन् ।

्

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले भने जिल्लाबाट छुट्ने तथा भित्रिने सवारीका साधनमा निगरानी बढाएको जनाएको छ । क्षमता भन्दा बढी मात्रामा यात्रु बोक्ने सवारी साधनलाइ कारबाही गर्दै आएको र क्षमता भन्दा बढी यात्रु बोकेर तीन पटकभन्दा बढी कारर्वाहीमा परेका चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन गरिने कानुनी व्यवस्था रहेको जनाएको छ ।

 

प्रतिक्रिया