शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गाँउ फर्किनेसँगै सं क्रमणको उच्च जोखिम

आइतवार , कार्तिक २, २०७७

सिन्धुली,२ कात्तिक – सिन्धुली जिल्लामा दशैं मनाउन जिल्ला बाहिर रहेका र जिल्लाभित्रै रहेका व्यक्ति गाँउ फर्किने क्रमसँगै कोरोना सं क्रमणको उच्च जोखिम बढेको छ ।

विभिन्न कामको सिलसिलामा राजधानी काठमाडौँ सहित विभिन्न सहरमा रहेका मासिन घर फर्किने क्रमसँगै कोरोनाको उच्च जोखिम बढेको स्थानीयको भनाई छ । दशैं मनाउन जिल्ला भित्र सहित स्वदेशकै विभिन्न सहरमा रहेका मानिस गाँउ फर्किन भर्खर सुरु भएको र त्यसले ठूलै समस्या ल्याउन सक्ने अनुमान गरिएको मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘“यो बर्ष जिल्ला बाहिर रहेकालाई बसेकै स्थानमा दशैं मनाउन स्थानीय तहले त्यस्तो कुनै योजना बनाएका छैनौं । तिमीहरु नआउ भन्ने तागत पनि भएन । त्यसको लागि सामथ्र्य पनि चाहियो ।” तिमिहरु दशैं मनाउन घर नआउ भन्न स्थानीय तहसँग व्यवस्थापन मापन गर्ने साधन नभएको उहाँको भनाई छ ।

दशैंको बेलामा कोरोना सं क्रमण बढ्न नदिन र जोखिम कम गर्न वडा वडामा जमघट नगर्ने, वल्लघर पल्लो घरमा भिडभाड नगर्ने, माक्स प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले मिचिमिची हात धुने र सरसफाईमा जोड दिने जस्ता सन्देस प्रचार प्रसार गरिएको स्थानीय तहले जनाएका छन् ।

नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा हालसम्म कुल सं क्रमितको संख्या २५० पुगेको र ती मध्ये सक्रिय संmमित १५३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया