शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुधौली नगरपालिकामा सङक्रमितको घरमा रातो स्टिकर

आइतवार , कार्तिक २, २०७७

कोरोना सं क्रमित पूर्व संविधानसभा सदस्य बिषमलाल अधिकारी दनुवारको सिन्धुलीको दुधौली नगरपालिका–४ स्थित निवासमा टाँसिएको रातो स्टिकर ।

सिन्धुली,२ कात्तिक – सिन्धुलीको दुधौली नगरपालिकाले समुदायमा कोरोना सं क्रमण फैलन नदिन सं क्रमितको घरमा रातो स्टिकर टाँस्न सुरु गरेको छ । दुधौली नगरपालिकाका विभिन्न ठाँउमा चार दिनअघि देखा परेका कोरोना सं क्रमित २७ जना बिरामीको घरमा होम आईसोलेसन लेखिएको रातो स्टिकर टाँस्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर घनश्याम राउतले सङक्रमितको पहिचान, सङक्रमण न्युनिकरण गर्न र दशैं तथा अघिपछि पाहुना लाग्ने काम परेर भेट्न घरमा पुग्ने प्रवृत्तिलाइ रातो स्टिकरले निरुत्साहित गर्ने बताउनुभयो । “कुनै घरमा दुई जना, कुनै घरमा तीन जनासम्म कोरोना सं त्क्रमित बिरामी छन्,” उहाँले भन्नुभयो, “अहिलेसम्म सं त्रक्रमितको १४ घरमा रातो स्टिकर टाँसि सकिएको छ । उनीहरुलाई होम आईसोलेसनमा नै राखेर उपचार गरिएको छ ।” सं क्रमित बिरामीलाई उपचार गर्न अस्पतालमा आईसोलेसन बेडको अभाव भएकोले होम आईसोलेसन लेखेको रातो स्टिकर टाँसेर उनीहरुलाई घरमै उपचार गरिएको उहाँको भनाई छ । कोरोना सं त्रक्रमित पूर्व संविधानसभा सदस्य बिषमलाल अधिकारी दनुवार र नेकपाका नेता डम्बरबहादुर कार्कीले पनि घरमा रातो स्टिकर टाँसेर होमआईसोलेसनमा बसेर उपचार गरि रहनु भएको छ । पूर्व संविधानसभा सदस्य अधिकारीले केही दिनदेखि आफु कोरोना भाइरस सं क्रमित भएर घरमा आइसोलेशनमा बसेर उपचार गरि रहेको र नगरपालिकाले घरमा होम आइसोलेशको स्टिकर टाँसेकोमा राम्रै लागेको सामाजिक सञ्जाल फेसबुक मार्फत बताउनु भएको छ । होम आइसोलेशनको स्टिकर टाँसेर स्थानीय तहले ठूलै अपराध गरेको झै को को होलो मच्चाउन पर्छ झै आफुलाई नलागेको उहाँको भनाई छ ।

प्रतिक्रिया