शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका आठ वटा पालिकामा अ त्यावश्यक बाहेक सबै सेवा ब न्द

शनिवार , कार्तिक १, २०७७

सिन्धुली,१ कात्तिक – सिन्धुली जिल्लाका नौ वटा स्थानीय तह मध्ये शुक्रबारसम्म आठ वटा पालिकाले अ त्यावश्यक बाहेक सबै सेवा प्रबाह ब न्द गरेका छन् ।

फिक्कल गाँउपालिका र घ्याङलेख गाँउपालिकाले शुक्रबारदेखि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेबा ब न्द गरेपछि उक्त सेवा ब न्द गर्ने पालिकाको संख्या आठ पुगेको हो । पालिकाका पधादिकारी र कर्मचारीमा कोरोना भा ईरस स ंक्रमण देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा प्रबाह ब न्द गरेको स्थानीय तहले जनाएका छन् ।

जिल्लाको सुनकोसी गाँउपालिका बाहेक कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाँउपालिका, फिक्कल गाँउपालिका, गोलन्जोर गाँउपालिका, घ्याङलेख गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र मरिण गाँउपालिकाले उक्त सेवा ब न्द गरेका हुन् ।

सुनकोसी गाँउपालिकाका अध्यक्ष दिपा बोहोराले जनप्रतिनिधि र कर्मचारीमा अहिले कोरोना सं क्रमण नदेखिएको र सामाजिक सुरक्षाभत्ता बितरण गर्नु पर्ने भएकोले गाँउपालिकाले दिने सेवा प्रवाह ब न्द नगरेको बताउनुभयो ।

फिक्कल गाँउपालिकाले पदाधिकारी र कर्मचारीमा कोरोना भाईरस सं क्रमण देखिएपछि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा ब न्द गरेको गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाँउपालिकाको बिहिबार सम्पन्न कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाँउपालिकाका प्रबक्ता, एक जना कर्मचारी र अन्य तीन जना सर्बसाधारणमा कोरोना भाईरस सङक्रमण पुष्टि भएपछि उक्त निर्णय गरिएको हो । गाँउपालिका कार्यालय, पाँच वटै वडा कार्यालय र मातहतका सबै सरकारी कार्यालयले दिने अत्यावश्यक बाहेक सबै सेवा ब न्द गरिएको उहाँको भनाई छ ।

त्यस्तै घ्याङलेख गाँउपालिकाले भने अर्को व्यवस्था नभएसम्मका लागि भन्दै सूचना टाँसेर सेवा प्रबाह ब न्द गरेको जनाएको छ । गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले भन्नुभयो, “अर्को व्यवस्था नभएसम्मका लागि भनेर शुक्रबार सूचना टाँसेका छौं । संभवत अब दशैंअघि गाँउपालिका कार्यालय, वडा कार्यालय र मातहतका सरकारी कार्यालय खुल्दैनन् ।”

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले गाँउपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना भाईरस सङक्रमण पुष्टि भएपछि कार्यपालिका बैठकबाट निर्णय गराई असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा ब न्द गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिका कार्यालय, ११ वटै वडा कार्यालय र मातहतका सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा ब न्द गरेका छौं ।”

अब दशैंअघि कार्यालय नखुल्ने उहाँले बताउनुभयो । यसअघि कर्मचारीमा कोरोना भाईरस संक्रमण पुटि भएपछि सिन्धुलीका दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाँउपालिका र गोलन्जोर गाँउपालिकाले पनि अत्यावश्यक बाहेक सबै सेवा ब न्द गरेको जनाएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत र अन्य कर्मचारीमा कोरोना सं क्रमण पुष्टि भएपछि कमलामाई नगरपालिकाले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि सेवा प्रवाह ब न्द गरेको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरराज लुईटेलका अनुसार नगरपालिका भित्रका शाखाहरु, १४ वटै वडा कार्यालयका सेवाहरु ब न्द गरिएको छ ।

नगरपालिकाले उक्त अवधिमा दमकल सेवा, फोहर मैला व्यवस्थापन सेवा, नगर सुरक्षा सेवा र स्वास्थ्य सेवा बाहेकका सबै सेवा ब न्द हुने जनाएको छ ।

यस्तै गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की र अन्य कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको जनाउँदै कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा ब न्द गरेको जनाएको छ । दुधौली नगरपालिकाले असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म र हरिहरपुरगढी गाँउपालिकाले असोज २४ गतेदेखि कात्तिक १ गतेसम्मका लागि सेवा प्रवाह ब न्द गरेको जनाएका छन् ।

प्रतिक्रिया