सिन्धुली,२० असोज – छ महिनाभन्दा बढी समय ब न्द भएर भर्खरै खुलेका सिन्धुलीका सामुदायिक विद्यालयहरु फेरी ब न्द गर्नेकी खुल्ला गर्ने भन्नेमा अ न्यौल भएको छ ।
स्थानीय तहको निर्देशन अनुसार असोज १ गतेदेखि खुलेका सामुदायिक विद्यालयले जिल्ला प्रशासन कार्यालयले विद्यार्थीको भौ तिक शरिर उपस्थित गराएर पठनपाठन गरेको भन्दै का रबाही गर्ने चे तावनी दिएपछि अ न्यौल परेको जनाएका छन् । विद्यालय खोल्न स कस परेको शिक्षकहरु बताउछन् ।
बिद्यालय नखुलाउदा स्थानीय तहको का रबाहीको ड र, खुलाउदा जिल्ला प्रशासन कार्यालयले का रबाही गर्ने ड र । अहिले जिल्लामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको एउटै स्वर पाईन्छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम पहाडी स्थानीय तहले शिक्षकलाई बिद्यालय खोल्न निर्देशन दिएर सुरक्षाको प्रत्याभुति नदिएको गु नासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “विद्यालय खोल्दा प्रशासनको ड र, नखोल्दा स्थानीय तहको ड र । शिक्षकलाई केही गरेपनि सुख छैन ।” शिक्षकलाई विद्यालय खोल्न निर्देशन दिएर स्थानीय तहले जिम्मेवारी पनि नलिएको उहाँको गु नासो छ ।
संगठनका अध्यक्ष पहाडीका अनुसार स्थानीय तहले निर्देशन दिएसँगै विभिन्न ठाँउमा विद्यालयले आफ्नो तरिकाले पढाई रहेका छन् । कसैले विद्यालयमा विद्यार्थी बोलाई पुरै पढाएका छन् भने कसैले आलोपालो प्रणालीले पढाएका छन् । संघिय सरकारले पनि विद्यालय खोल्नु भनेकाले शिक्षकले विद्यालय खोलेका हुन् ।
तर स्थानीय सरकारले विद्यालय खाल्न निर्देशन दिएर जिम्मेवारी आफै लिनु भनेर पन्छिएको उहाँको गुनासो छ ।
त्यस्तै नेपाल शिक्षक संघका अध्यक्ष अरुणकुमार थिङ पनि स्थानीय तहभन्दा माथिल्लो तहको कडा खालको निर्देशन आएपछि असोज १ गतेदेखि खुलेको विद्यालय धमाधम बन्द हुन थालेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “स्कूल नजानु घरघरमा जानु भनेपछि अब मान्ने प¥यो । विद्यालय ब न्द गर्ने पर्यो ।”
यो बीचमा पनि शिक्षकहरुले होमवर्क प्याकेज बनाएर दिने, रेडियो कार्यक्रम सञ्चालन, अनलाईन शिक्षा कार्यक्रम जस्ता बैकल्पिक गतिविधि चलाएको उहाँको भनाई छ ।
यता, स्थानीय प्रशासनले भने पछिल्लो समयमा जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम उच्च रुपमा बढेकोले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिती गराएर पठनपाठन कार्यलाई रोकेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “नेपाल सरकारको गत भदौ २९ गतेको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्म विद्यालय, क्याम्पस लगायतका सबै प्रकासरका शैक्षिक संस्थाहरु सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । यसका लागि वैकल्पिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ कार्यान्वयन गर्न सम्पूर्ण पालिका र विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरिन्छ ।”
स्थानीय प्रशासनले विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन गराएमा संक्रामक रोग ऐन २०२० बमोजिम विद्यालयलाई गर्ने जनाएको छ ।
जिल्लाका सबै स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गर्न निर्देशन गरेसँगै जिल्ला भरका अधिकांश विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएका थिए । विद्यार्थीहरुको भौतिक उपस्थितीमा गरिने पठन पाठनले कोभिड १९ को सं क्रमण घर घरमा फैलन गई खासगरी बृद्धबृद्धा र १० बर्ष मूनीका बालबालिकाको स्वास्थ्यमा ग म्भिर असर पर्न जाने सूचनामा उल्लेख छ । विद्यालयलाई वैकल्पिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न अनुरोध गरिएको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री भने विद्यार्थीको भौतिक उपस्थिती गराएर पठनपाठन गर्न विद्यालयलाई निर्देशन नदिएको बताउनुहुन्छ । “विद्यालय खोलेर विद्यार्थी डाकेर पढाउ भनी पत्रचार गरेका छैनौ,” उहाँले भन्नुभयो, “कोरोना बढ्दै गएकाले विद्यालय खोल्नु भनेका छैनौ । असोज १ गतेदेखि विद्यालय खोल्नु नेपाल सरकारले भनेकाले हामीले पनि त्यसै अनुसार गरेका हौं ।”
शिक्षकलाई विद्यालय खोलेर बैकल्पिक शिक्षाका गतिविधि सञ्चालन गर्न भनिएको उहाँको भनाई छ ।