बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

देउवाले निधिलाई साथ दिने, आरजुलाई महामन्त्री उठाउने तयारी !

मंगलवार , आश्विन २०, २०७७

काठमाडौं, २० असोज - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापति ल ड्नेगरि तयारी थालेका वर्तमान सभापति शेरबहादुर देउवाले आफू अन्तिममा उठ्ने अवस्था नआए विमलेन्द्र निधिलिाई सघाउने विकल्पपनि राखेका छन् । आफूनिकट नेताहरुसँगको छलफलको क्रममा देउवाले आफू सभापतिमा हार्ने स्थिति आए चुनाव न उठ्ने बरु निधिलाई सघाउने बताउन थालेका छन् ।

निधिले यसपटक आफू सभापतिमा उठ्नेगरी तयारीलाई तिव्रता दिएका छन् । उनले नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिईरहेका छन् । निधिले सभापतिका आकांक्षीहरू प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई भेटेका थिए । उनीहरुको भेटमा समेत तीनै जना नेताहरु मिलेर जानेबारे कुराकानी भएको थियो ।

यता, देउवाले आफू सभापतिमा उठ्ने वातावरण नबने निधिलाई नै साथ र महामन्त्रीमा आफ्नी पत्नी डा. आरजु राणालाई अघि सार्ने योजना बनाएका छन् । आरजुको पार्टीभित्र राम्रो प्रभाव छ । उनी कैलालीबाट प्रतिनिधिसभाको लागि चुनावसमेत उठेकी थिईन् । देउवाले पत्नी आरजुलाई पार्टीभित्र श क्तिशाली बनाउनेगरि कुटिल चाल चालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भने यसपटक नेतृत्वमा धेरैको आकांक्षा छ । पौडेल स्वयम सभापतिमा उठ्ने तयारीमा छन् भने सिंह र शशांकले पनि आफूलाई सभापतिमा उठाउनेगरि तयारी र भेटवार्तालाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया