शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालभर कोरोना सं क्रमितको संख्या ९० हजार नाघ्यो

मंगलवार , आश्विन २०, २०७७

 

काठमाडौं ,२० असोज - मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका सं क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ सं क्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट सं क्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।

हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार १७ जना सं क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृ त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ५६३ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन्।

मालपोत कार्यालय सिन्धुली पनि ब न्द

सिन्धुली,२० असोज – कर्मचारीमा कोभिड–१९ सं क्रमण पुष्टि भएपछि मालपोत कार्यालय सिन्धुलीको सम्पुर्ण सेवा प्रवाह अनिश्चित समयका लागि ब न्द गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कोभिड–१९ को सं क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरि कार्यालयको सेवा प्रवाह अर्को सूचना जारी नहुन्जेल सम्मका लागि ब न्द गरेको जनाएको छ ।

कार्यालयमा काम गर्ने केही कर्मचारीमा कोभिड–१९ सं क्रमण पुष्टि भएको र अन्य कर्मचारी पनि अस्वस्थ भई कार्यालयमा अ नुपस्थित रहनु भएकोले सेवा सुचारु गरि रहदा अन्य कर्मचारी तथा सेवाग्राहीमा पनि सं क्रमण सर्न सक्ने संभावना भएकाले सेवा बन्द गर्नु परेको सुचनामा उल्लेख छ ।

कार्यालयमा कार्यरत नायब सुब्बा तथा सूचना अधिकारी पुरुषोत्तम दाहालले आफुमा कोरोना भाइरसको सं क्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराउनु भएको छ । उहाँले आफ्नो सम्पर्कमा रहनु भएका कर्मचारी लगाएत सवैलाई सजगता अपनाउन आग्रह गर्नुभएको छ ।

सिन्धुलीमा कोरोना सं क्रमितको संख्या १३२ पुग्यो

सिन्धुली,२० असोज – सिन्धुली जिल्लामा कोरोना सं क्रमितको संख्या १३२ पुगेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना सं क्रमण पुष्टि भएको रिपोर्ट आएपछि जिल्लामा सं क्रमितको सं ख्या १३२ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिनमा बसेका गरी शनिबार ८१ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल पठाईएको थियो ।

स्वाब पिसिआर परिक्षण गर्न पठाएका मध्ये ५५ जनाको रिपोर्ट निगेटिभ आएको उहाँले सुनाउनुभयो । रिपोर्ट पोजेटिभ आएका २६ जना मध्ये विदेशबाट आई शिबनरस्थित भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका फिक्कल गाँउपालिकाका चार जना, नेपाली सेनाका छ जना र बाँकी सदरमुकामका विभिन्न गाँउमा बस्दै आएका स्थानीय व्यक्ति रहेको अस्पतालका व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

संक्रमित सेनाका र क्वारेन्टिनका गरी १० जनालाइ उपचारका लागि एपोलो अस्पताल ल्याउने तयारी भई रहेको उहाको भनाई छ । अन्य बाँकी १६ जनाले भने होम आईसोलेसनमा नै बसेर उपचार गर्ने बताएको व्यवस्थापक श्रेष्ठको भनाई छ ।

थपिएका नयाँ सं क्रमित व्यक्तिसहित अहिले कोरोना सक्रिय सं क्रमित बिरामीको सं ख्या ४७ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हाल १८ जनाको एपोलो अस्पताल, एक जनाको सिन्धुली अस्पताल र दुई जनाको होम आईसोलेसनमा उपचार भई रहेको छ ।

जिल्लामा अहिलेसम्म उपचारपछि सन्चो भएर ८५ जना सं क्रमित व्यक्ति घर गई सकेको अस्पतालले जनाएको छ ।

कर्मचारीमा सं क्रमण देखिएसँगै सिन्धुलीका बैंकमा कारोबार बन्द

सिन्धुली,२० असोज – कर्मचारीमा कोरोना भाईरस सं क्रमण पुष्टि भएसँगै सिन्धुलीमा तीन वटा बैंकले मंगलबारदेखि आर्थिक कारोबार बन्द गरेका छन् ।

सदरमुकाम सिन्धुलीमाढीस्थित सिदार्थ बैंक, मेघा बैंक र एसआईसि एसिया बैंकले कोरोना भाईरस सं क्रमणका कारण जोखिम बढेको सूचना टाँसेर केही दिनका लागि कारोबार बन्द गरेको जनाएका छन् ।

सिन्धुली अस्पतालले शनिबार ८१ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल पठाएकोमा २६ जनाको पोजेटिभि रिपोट आएको छ । उक्त पोजेटिभ रिपोर्टमा यि बैंकका कर्मचारीको समेत परेको जनाईएको छ ।

बाँकी कार्यरत कर्मचारीको स्वाब संकलन गरि पिसिआर जाँच गर्दा रिपोर्ट निगेटिभ आएपछि कारोबार खुल्ला गरिने ती बैंकले जनाएको छ । मेघा बैंकले मंगलबार र बुधबार बैंक बन्द कर्मचारीलाई बर्दिबास पठाएर पिसिआर जाँच गर्न लगाएको जनाएको छ ।

मेघा बैंकका एक कर्मचारीले भने, “पिसिआर रिपोर्ट निगेटिभ आउनेले बैंक खोलेर कारोबार सुरु गर्नेछन् । पोजेटिभ रिपोर्ट आउने कर्मचारी उपचारमा बस्ने छन् ।” नजिकै आएको दशैं लगायतका चाडपर्वका कारण सिन्धुलीका बित्तिय संस्थामा पछिल्लो समयमा मानिसको भिडभाड बढेसँगै कोरोना भा ईरस सं क्रमणको जो खिम बढ्दै गएको छ ।

बैंकमा सामाजिक दुरीको समेत कुनै पर्वाह नगरी मानिसको भिडभाड बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया