काठमाडौँ १९ असोज – चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ नि षेधाज्ञा खुकुलाे भएसँगै पुन: सुरू हुने भएको छ । कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना म हा मा रीका कारण सरकारी ल कडाउनसँगै स्थ गित भएको थियो।
लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृंखलालाई ‘सिजन २’ भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए । नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुनेछ ।
जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन् । उनले भने, ‘नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।
शोको अध्यक्षका रुपमा आफू नरहेको निरौलाले फेसबुकमार्फत् जानकारी दिएकी छिन्। उनले कार्यक्रममा धेरै परिवर्तनहरू गरिएको पनि बताएकी छिन्। उक्त शोमा नरहेकी उनले निकट भविष्यमा आफ्नै टिभी कार्यक्रम आउनसक्नेतर्फ समेत संकेत गरेकी छिन्।
उनले भनेकी छिन्, ‘ निकट भविष्यमा टेलिभिजनको पर्दामा केही फरक कार्यक्रम सहित उपस्थित हुनेछु।’ मुन्द्रेले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि केही शृंखला छायांकन भइसकेको बताइएको छ। शृंखलाको पहिलो भागमा रेखा थापा अतिथिका रुपमा देखिने बताइएको छ। कार्यक्रममा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’, सन्ध्या बुढा ‘काउली बुढी लगायत कलाकार छन्।