शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

५३ दिनदेखि लगातार बि ग्रिँदैछ संजय दत्तको स्वास्थ्य

सोमवार , आश्विन १९, २०७७

मुम्बइ, १९ असोज- मुम्बइ संजय दत्तको नयाँ फोटो सार्वजनिक भएपछि उनका फ्यानहरु चि न्तामा परेका छन् । पछिल्लो समय संजयको एउटा तस्वीर सार्वजनिक भएको छ जसमा उनी एक फ्यानको साथमा देखिएका छन् । फोटोमा संजय निकै क मजोर देखिएका छन् । फोटो देखेपछि सामाजिक संजालमा फ्यानहरुले उनको शी घ्र स्वा स्थ्यलाभको कामना गरेका छन् । संजय दत्त केही दिनअघि दुबई छोराछोरी भेट्न गएका थिए । त्यतिबेला उनको स्वास्थ्य ठिक देखिन्थ्यो ।

संजय दत्त अहिले निकै अ स्वस्थ छन् । बलिउड ट्रेड एक्सपर्ट कोमल नाहटाले अगष्टमा संजयलाई फोक्सोको क्या न्सर भएको बताएका थिए । उनले ट्वीटरमा संजयको शीघ्र स्वा स्थ्यलाभको कामना गरेका थिए । यसबारेमा संजयको परिवारले भने कुनै आधिकारिक जानकारी दिएको छैन । रिपोर्टका अनुसार संजयलाई चौथो स्टेजको क्या न्सर छ । उनको उपचार मुम्बइको कोकिलाबेन अस्पतालमा भइरहेको छ ।

यद्यपि संजयकी पत्नी मान्यताले अगष्टमा सामाजिक संजालमा एक पोस्ट लेख्दै रो गको बारेमा कुनै अ नुमान नगर्न भनेकी थिइन् । उनले लेखेकी थिइन् ‘म ती सबैलाई धन्यवाद दिन्छु जसले संजूको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । हामीलाई यो स मस्याको घडीबाट बाहिर आउन तपाइँहरु सबैको प्रार्थनाको आवश्यकता छ । यो परिवारले पहिले पनि धेरै कुरा सहेको छ तर मलाई विश्वास छ कि यो समय पनि बित्नेछ । तपाइँहरु सबैसँग मेरो यही आग्रह छ कि कुनै हल्लाप्रति ध्यान नदिनुहोस् ।

प्रतिक्रिया