शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

प्याव्सन सिन्धुलीले घोषणा गर्‍यो सबै शुल्क मिनाहा

आइतवार , आश्विन १८, २०७७

सिन्धुली,१८ असोज – नीजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (प्याव्सन) सिन्धुलीले आईतबार पाँच महिनाको सबै शुल्क मि नाहाको घोषणा गरेको छ ।

विश्वमा नै म हामारिको रुपमा फैलिएको कोभिड–१९ ले सबै क्षेत्र त हस न हस भई रहेको बेला प्याव्सन सिन्धुलीले पत्रकार सम्मेलन गरी बैशाखदेखि भदौ महिनासम्मको सबैखाले शुल्क मिनाहा (छुट) दिएको जानकारी दिएको हो ।

प्याव्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले देश भरिका नै अरु विद्यालयलाई सन्देस दिने गरी सिन्धुलीले नमूना काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बीचमा पनि हामीले अनलाईन कक्षा, कमलामाई नगरपालिकाको सहयोगमा रेडियो कार्यक्रम र होमवर्क प्याकेज दिने जस्ता बैकल्पिक शिक्षाका गतिविधि गरि नै रहेका थियौं ।”

बीचमा बोर्डिङ स्कूल नखुलेको बेलाको पनि बढी पैसा लिन्छन्की भन्ने अभिभावकलाई चिन्ता थियो, त्यो भ्रमलाई चिर्न पनि सफल भएको उहाँको भनाई थियो । प्याव्सन सिन्धुलीको आईतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको उहाँको भनाई थियो । अभिभावककै चाहना अनुसार शुल्क मिनाहा गरेको प्याव्सनले जनाएको छ ।

उहाँका अनुसार प्याव्सन सिन्धुलीमा जिल्लाका ३३ वटा बोर्डिङ स्कूल आबद्ध रहेका छन् ।

शिक्षकहरुको पारिश्रमिक भने नरोकिने

प्याब्सनमा आबद्ध सिन्धुलीका निजी विद्यालयका शिक्षकहरुले मासिक तलब भने पाउने भएका छन्। पत्रकार सम्मेलनमा प्याब्सन सिन्धुलीका अध्यक्ष मास्केले प्याब्सन सिन्धुलीमा आबद्ध विद्यालयले आफ्नो विद्यालयमा कार्यरत सबै शिक्षकलाई मासिक तलब दिने सहमति भएको जानकारी दिनु भयो ।

प्याब्सनमा आवद्ध सिन्धुलीका अधिकांश विद्यालयले गत चैतसम्मको तलब सबै शिक्षकहरुलाई दिइसकेको पनि उहाँले बताउनु भयो । यस वर्षको असारसम्मको पनि ४० प्रतिशतभन्दा बढी तलब शिक्षकहरुलाई दिइएको अध्यक्ष मास्केको भनाइ थियो ।

“अभिभावकसँग शुल्क लिए पनि नलिए पनि हामीले शिक्षकहरुलाई चित्त बुझाएर तलब व्यवस्थापन गर्नुपर्छ । कतिपय विद्यालयको आर्थिक अवस्थाले गर्दा तलब दिन केही समस्या होला, तर त्यस्ता विद्यालयले पनि शिक्षकको तलब दिनुपर्छ । विद्यालयले व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो निर्देशन छ । अहिलेको विषम परिस्थिति भएकाले अब केही ढिला भने चै हुन सक्छ । महिना मर्ने बित्तिकै नहुन पनि सक्छ तर हिसाब गरेर तलब दिन्छौं”,अध्यक्ष मास्केले भन्नु भयो ।

जिल्लामा भने झन्डै ५ सय शिक्षक, कर्मचारीहरु कार्यरत रहेका अध्यक्ष मास्केले जानकारी दिनु भयो ।

प्रतिक्रिया