शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आफ्नो विवाहको बारेमा सलमान खानले ज्योतिषलाई प्रश्न सोधेपछि…

आइतवार , आश्विन १८, २०७७

काठमाडौँ, १८ असोज - लोकप्रिय शो ‘बिगबोस १४’ धमाकेदार रुपमा सुरुवात भएको छ । शो को पहिलो एपिसोडमा सलमान खानको विवाहको चर्चा सुरु भएको छ । सिजनको पहिलो एपिसोडमा जनार्दन बाबा पाहुना थिए । उनले सहभागीको भविष्यको बारेमा नभएर सलमान खानको पनि विवाहको सम्बन्धमा बताएका छन् । सलमान खान आफैले पण्डितसँग आफ्नो विवाहको बारेमा प्रह्न गरेका थिए ।

सलमानले पण्डितसँग भनेका थिए, ‘तपाईले ६ वर्षअगाडी मेरो विवाह अर्को वर्ष हुन्छ भन्नु भएको थियो । के मेरो विवाहको योग सकिएको हो ?’ सलमानको यो प्रश्नमा बाबले भने, तपाइँको विवाहको योग गइसेकेको छ ।’ बाबको कुरा सुनेपछि सलमान खान नाच्न सुरु गरे ।

बिगबोसले सीजन १४ मा यस पटक कोरोनालाई ध्यानमा राख्दै सबै बन्दोबस्त गरेको छ । बिग बोसको सेट सेनेटाइज गरिएको छ । यसको साथै अन्य समयमा जस्तो लाइभ अडियन्स पनि छैनन् । सहभागीहरु १४ दिनसम्म होटलको क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया