शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

‘मुन्द्रेको कमेडी क्लब’ मा करिश्माको प्रवेश, धमलाकी पत्नी एलिजा गौतम अतिथि

आइतवार , आश्विन १८, २०७७

काठमाडौं, १८ असोज । नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको क मेडी क्लबबाट दिपाश्री निरौलालाई ह टाईएको छ । उनको ठाउँमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याईएको छ । अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अ भिव्यक्तिलाई लिएर वि वादमा तानिएकी थिईन् । मुन्द्रेको कमेठी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको द बाबमा नै दिपाश्रीलाई ह टाईएको स्रोतको दाबी छ ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । को रोना क हरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो ।

अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिकासमेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने भएको छ । कार्यक्रमको छायाँकन भएपश्चात् नायिका गौतमले एक तस्विर सार्वजनिक गर्दै छिट्टै आउँदै भन्ने जनाएकी छिन् ।

प्रतिक्रिया