काठमाडौँ, १८ असोज – सर्वोच्च अदालतले कोरोना भा इरस (को भिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा स ङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्वोच्चमा स ङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आ इसोसनमा रहनुे छ । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आउनुभएको छ । न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिनुभयो । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी स ङ्क्रमित हुनुभएको र स ङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहनुभएको जनाइएको छ । न्यायाधीशहरूलाई कोरोना संक्रमणको आशंकाले यता नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।