बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

दशैँले द शा निम्त्याउने ख तरा

आइतवार , आश्विन १८, २०७७

नेपालीहरुको महान चाड दशैँ नजिकिएसँगै सिन्धुलीमा चहलपहल बढिरहेको छ । बजार क्षेत्रमा दशैँकालागि सामान खरिदविक्रि गर्नेको संख्या दिनानुदिन बढ्दो छ । कोरोनाको जो खिम हुदाहुदैँ पनि बजार क्षेत्रमा मानिसको भि डभाड थेगिनसक्नु छ । न्युनतम सा वधानि पनि नअपनाई सामान खरिद विक्रि भइरहेको छ । सार्वजनिक यातायातको अवस्था ना जुक छ । हरेक दिन देशभर कोरोना सं क्रमितको संख्या बढिरहेको छ । सिन्धुलीमा कोरोना भा इरसको परिक्षण कम हुदाँ खासै संक्रमित भेटिएका छैनन् । तर, जो खिम भने उच्च नै रहेको छ । भगवान भ रोसामा दौडिरहदा कोरोनाको जो खिम कम छ भन्न कदापि मिल्दैन । स्थानिय सरकार मूकदर्शक हुदाँ समस्या थप वि कराल बन्ने निश्चित छ । कोरोना देखिएको शुरुवाति दिनमा स्थानिय सरकारको सक्रियता उच्च भएपनि अहिले भने स्थानिय सरकार रमितेनै बनेको अवस्था छ । कोरोना भा इरसको रोकथाम र नि यन्त्रणकालागि प्रयासहरु निकै कमजोर छ ।

तसर्थ, जिल्लाका नौँवटै स्थानिय तहले कोरोना भा इरस रोकथाम र नियन्त्रणकालागि थप गृहकार्य गर्न जरुरी छ । कोरोनालाई केन्द्रिय सरकारले हल्का रुपमा लिएजस्तै स्थानिय सरकारले पनि त्यहि गर्ने हो भने अवस्था विकराल हुने देखिन्छ । अतः जिल्लाका स्थानिय तहले भिडभाड नि यन्त्रण र आवश्यक सावधानि अपनाउन व्यापक जनचेतना फैलाउन जरुरी छ

प्रतिक्रिया