काठमाडौं ,१७ असोज – विश्वकै सबैभन्दा श क्तिशाली मानिने देश अमेरिकाका सरकार प्रमुख अर्थात सम्भवतः विश्वकै सबैभन्दा श क्तिशाली व्यक्ति डोनाल्ड ट्रम्प कोरोना भा इरसबाट सं क्रमित भएका छन् । सं क्रमण पुष्टि भएको भोलिपल्टै उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले विज्ञहरुलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्प तुलनात्मक रुपमा अधिक ख तरामा रहेको बताउँदै अबको हप्ता उनको लागि सबैभन्दा जटिल हुने बताएको छ ।
रिपोर्टका अनुसार ट्रम्पको उमेर, उनको तौल र उनीमा पहिलेदेखि नै रहेका स्वा स्थ्य समस्याले उनको शरीरमा कोरोना भा इरस तुलनात्मक रुपमा अधिक ख तरनाक हुन सक्छ । ट्रम्प ७४ वर्षका छन् र ओ भरवेत अर्थात सा मान्यभन्दा अ धिक तौल भएका छन् । हुन त उनलाई अत्यन्तै उत्कृष्ट स्तरका स्वास्थ्य सेवा उपलब्ध गराइएका छन् तर उनलाई कोरोना भा इ र स बाट अतिरिक्त ख तरा छ किनकि उनका कैयौं ‘रि स्क फ्या क्टर’ छन् ।
ट्रम्पलाई पहिलेदेखि मु टुको स मस्या छ । मु टुको स मस्या र उ च्च को लेस्टेरोलका लागि ट्रम्पले औषधि पनि से वन गर्ने गरेका छन् । गएको जूनमा जारी गरिएको ट्रम्पको स्वा स्थ्य जानकारीका अनुसार ट्रम्पको तौल ११० किलो पुगेको थियो अर्थात उनी अधिक मोटोपनाको दा यरामा आइसकेका थिए । ट्रम्प कोरोना सं क्रमित भएपछि ह्वाइट हाउसका अधिकारीले उनीमा हल्का लक्षण भएको बताएका थिए । उनीमा ह ल्का ज्व रो र खो कीको लक्षण थियो ।
अमेरिकाको वान्डरबिल्ट युनिभर्सिटीका सं क्रामक रो ग विशेषज्ञ विलियम स्काफनरका अनुसार ट्रम्प ७४ वर्षका छन्, तौल अधिक छ र पुरुष हुन् । यी तीन फ्याक्टरका कारण उनले कोरोनाको ग म्भीर संक्रमणको खतराको सामना गरिरहेका छन् । स्काफनरका अनुसार ट्रम्प अबमा केही दिन ठिक देखिन सक्छन् तर अ चानक ग म्भीर लक्षणले घेरिन सक्छन् । शुक्रबार ट्रम्पलाई अमेरिकाको वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको छ ।
अस्पतालमा ट्रम्पलाई प्रेसिडेन्सियल सुइटमा उत्कृष्ट स्वास्थ्य सुविधा दिइएको छ र यहीँबाट उनले आफ्नो काम पनि जारी राख्नेछन् । रिपोर्टका अनुसार अझै केही दिन उनलाई यहाँ राखिनेछ र उनका कैयौं किसिमका जाँ च गरिनेछ । ट्रम्पका डाक्टरले बताएअनुसार उनलाई भिटामिन डी, जिंक, मेलाटोनिन, फ्यामोटिडिन, एस्पाइरिन औषधि दिइएको छ । यसका साथसाथै एक्सपेरिमेन्टल एन्टिबडी पनि दिइएको छ । यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना संक्रमणपछि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । अहिले भने उनी निको भइसकेका छन् ।