काठमाडौं, १७ असोज – शनिबार अपरान्हका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक यसपटक सा मान्य न हुने छाँटकाँट छ । पार्टीभित्र सं कट टरेको मात्र थियो प्रधानमन्त्री केपी शर्मा ओलीले दु रगामी अ सर पर्ने केही निर्णयहरु गरिदिए । त्यो पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरुसँग कुनै छलफल नै नगरी कदम चालिदिए ।
यस हप्ता मुख्य सचिव र राजदूतको नियुक्ति भयो । त्यसमा ओलीले ए कलौटी ढंगले निर्णय गरेको भन्दै नेताहरु अ सन्तुष्ट छन् । विश्वस्त स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल सबैभन्दा अ सन्तुष्ट छन् । प्रचण्ड पनि यो विषयलाई ग म्भीरताका साथ लिइरहेका छन् ।
प्रचण्डले चाहिरहँदा पनि कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पदमा पुनः नियुक्त हुन सकेनन् । ओली कुनै हालतमा घिसिङलाई नियुक्त गर्ने पक्षमा छैनन् । बरु घिसिङको नाम प्रस्ताव गरेकोमा ओली ऊर्जामन्त्री वर्षमान पुनप्रति असन्तुष्ट छन् ।
मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा ओलीले नियुक्त गर्न खोजेका केही नामप्रति प्रचण्डको अ सन्तुष्टि देखिइसकेको छ । विश्वस्त स्रोतका अनुसार ओलीले विगतमा प्रचण्डका अति निकट टोपबहादुर रायमाझी र हरिबोल गजुरेललाई मन्त्री बनाउन खोजेका छन् । प्रचण्डको गुट प रित्याग गरेका लेखराज भट्ट पनि निरन्तरता पाउने भएका छन् । यसप्रति प्रचण्ड सन्तुष्ट छैनन् । उनी सबै मन्त्री हटाएर पुर्नगठनको पक्षमा उभिएका छन् ।
आफ्ना मान्छे ध माधम ओलीले तानेपछि प्रचण्ड नयाँ र णनीतिका साथ प्रस्तुत हुने बुझिएको छ । उनले आजको बैठकमा केही महत्वपूर्ण एजेन्डा अगाडि सार्ने तयारी गरेको बुझिएको छ ।
उता बामदेव गौतम पनि ओलीसँग चि ढिएका छन् । आफू वि रुद्ध अदालतमा मु द्दा दायर भएपछि उनी मन्त्री बन्नबाट रोकिने सम्भावना बलियो भएको छ । त्यसले पनि उनलाई चि ढ्याएको छ ।
यसरी आजबस्ने नेकपा बैठकमा कतिपय विषयमा च र्का च र्की हुने सम्भावना बढेको छ । नेताहरु आ आफ्नो तयारीमा छन् । प्रधानमन्त्री ओली वि रुद्ध नेकपाभित्र फेरि मो र्चाबन्दी बनेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक ठाउँमा उभिएका छन् । उनीहरुले फेरि नयाँ ढंगले मो र्चाबन्दी गरेको बुझिएको छ ।