सिन्धुलीको नौँवटै स्थानिय तहका विभिन्न वडाहरुमा भ्यूटावर निर्माण गरिएको छ । भ्यूटावर अर्थात् जहाँबाट मनोरम र रोमाञ्चक दृश्य देख्न सकिन्छ । तर, जिल्लाका स्थानिय तहमा निर्माण गरिएका केहि भ्यूटावर यस्ता पनि छन् जहाँबाट न त मनोरम दृश्य देख्न सकिन्छ न त रोमाञ्चीत नै भइन्छ । ती भ्यूटावर बजेट खर्च गर्नकालागि मात्र निर्मित भएको त्यहाँ अवलोकन गर्न पुगेका जोकोहिले बुझ्न सक्छ । भ्युटारवार निर्माण गरिएको स्थान नै उपयुक्त नभएपछि निर्माण गु णस्तर हुने भन्ने पक्कै पनि हुदैँन । ती भ्युटावर सिर्फ जनप्रतिनिधिको ला पर्वाही र बजेट दु रुपयोगको माध्यम बनेको छ । चार÷पाँचवटा फलाम उभ्याएर लाखौँको खर्च देखाउँदैँ बजेर दु रुपयोग गर्ने सजिलो माध्यमनै भ्युटावर बन्दै गएको छ । अझ, मान्छेको आवतजावत नै नहुने ठाउँमा त्यस्ता भ्युटावर खडा गरेर स्थानिय सरकारले मतदाताहरुलाई नै झु क्काइरहेको अवस्था छ ।
सिन्धुलीको सदरमुकाम कमलामाई नगरपालिकामै पनि त्यस्ता केहि भ्युटावरहरु निर्माण गरिएको छ जहाँ मानिसको आवतजावत नै हुदैँन । नागरिकले सामान्य सेवा सुविधा पनि नपाईरहेको अवस्थामा अ नावश्यक भ्युटावर खडा गरेर जनप्रतिनिधिले नि र्लज्जताको हद पार गरिरहेका छन् । तसर्थ, अनावश्यक पुर्वाधार निर्माण खडा गरेर नागरिकको करको दु रुपयोग गर्नतर्फ जनप्रतिनिधिको ध्यान जानुहुदैँन । अतः संविधानले दिएको अधिकारको दु रुपयोग गरेर देखावटि पुर्वाधार निर्माणमा जनप्रतिनिधिले प्राथमिकता दिनुहुदैँन ।