बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

ओली सरकारले नक्सा ल्यायो पढ्न नपाइने, रेल ल्यायो चढ्न नपाइने !

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौं, १६ असोज- नेपाली इतिहासम दुई तिहाई बहुमतका साथ नेकपाका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री बनेकै दिन केपी ओलीले भनेका थिए, ‘लेखेर राख्नुस् आजको दुई वर्ष भित्र केके विकास हुन्छ। नेपालीको आर्थिक अवस्था कहाँबाट कहाँ पुग्छ। अब समृद्ध नेपाल सुखी नेपाली बनाउँछु।’

अहिले प्रधानमन्त्री ओलीको यो भनाई सम्झने हो भने सबैलाई उनले सधेँजसो भन्ने जो क्स, उखान टु क्का जस्तै लाग्छ। केपी ओलीले सरकार गठन गरेको दुई वर्षमा चीनबाट रेल ल्याउनेदेखि नेपालका ठूला सहरमा मेट्रो रेल कुदाउने, घरघरमा पाइपबाट ग्याँस पुर्याउने भाषण छाँटेकै हुन्।

तर, सरकार बनको तीन वर्ष भइसक्दा न चुच्चे रेल आयो, न मेट्रो रेल, नत पाइपमा ग्याँस नै। मौमम अनुसार राष्ट्रवादी बन्न बाहिर ओलीले नेपालको नयाँ नक्सा जारी पनि गरे। संसदमा सर्वसम्मत पारित भएको उक्त नक्सा भारतले अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा हो।

नक्सा जारी भएको खुसीयाली देशभर मनाइयो। तर, भारतविरुद्ध बोलेर राष्ट्रवादी पल्टिने ओलीले अहिले भारत सामू नि रिह छन्। केही दिन अघि मात्रै पाठ्यक्रम विकास केन्द्रले नेपालको नयाँ नक्सा समेटेर केही पुस्तकहरु प्रकाशन गर्याे। तर, उक्त पुस्तक बजारमा वितरण नगर्न र अब प्रकाशन न गर्न पनि ओलीले निर्देशन दिए।यीनै केपी अ‍ोलीले अलि पहिले अब विद्यालय तहका पुस्तकमा पनि नयाँ नक्सा प्रकाशसन हुने बताएका थिए।

अहिले प्रकाशनर वितरण रोकिएको छ। त्यस्तै वर्षाैँ पहिले सम्झौता भएको रेल ल्याएर केपी ओलीले ल्याएको भनेर हल्ला फैलाउन पनि नेकपाका नेता कार्यकर्ताले भ्याए। उक्त रेल अहिले त्रिपालले छोपेर राखिएको छ। उक्त रेल पनि अहिले सर्वसाधारणको लागि चढ्न नमिल्ने गरी बन्द गरिएको छ।

प्रतिक्रिया