काठमाडौं, १६ असोज - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भा ईरसको सं क्रमण भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको हो ।
ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना परीक्षण गर्दा सं क्रमण पुष्टि भएको र पोजिटिभ देखिएको जानकारी दिनुभएको हो । यसअघि, आफ्ना नजिकका सहयोगीलाई सं क्रमण पुष्टि भएलगत्तै ट्रम्पको पनि पीसीआर परीक्षण गरिएको थियो ।
उहाँसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आ ईसोलेसनमा बस्नुभएको छ । ट्रम्पकी सहयोगी होप हिक्सलाई को भिड पोजिटिभ देखिएपछि ट्रम्प दम्पत्तिको पनि परीक्षण गर्दा पो जिटिभ देखिएको हो ।
https://twitter.com/realDonaldTrump/status/1311892190680014849?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1311892190680014849%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.imagekhabar.com%2Fnews%2F180314%2F
पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र हिक्स टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुग्नुभएको थियो । हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क उत्रिरहेको तस्वीर समेत सार्वजनिक भएको थियो ।