एजेन्सी – बलिउड अभिनेता रणवीर कपूरको बलिउडमा निकै चर्चा छ । उनले बलिउडमा फिल्मबाट चर्चा त पाएका छन् नै त्यसका अलवा आफ्ना प्रेमिकाका कारण पनि निकै च र्चा पाउने गरेका छन् ।
उनी पछिल्लो समय बलिउडकै अभिनेत्री आलिया भट्टसँग प्रेममा छन् । उनीहरु केही समयभित्र नै विवाह गर्छन् भन्ने चर्चा भारतीय सञ्चार माध्यममा चलिरहे । तर केहि समय पहिला रणवीरका पिता ऋषि कपूरको मृ त्युपछि उनीहरुको विवाह रो किएको पनि उल्लेख गरिएको छ ।

अब कुरा गराै उनका प्रेमसम्बन्ध बारे, आलिया रणवीरकी छ नम्बरकी प्रेमिका हुन् । यसअघि रणवीरले ५ जनासँग प्रेमसम्बन्ध गाँसिसकेका छन् ।
यसअत्घ रणवीर र कैटरिना कैफको लगभग दुई वर्षसम्म अफेयर चल्यो । उनीहरुको प्रेमको सुरुवात ‘अजब प्रेम की गजब कहानी’ बाट भएको थियो । सन् २०१७ मा फिल्म ‘जग्गा जासूस’ को समयमा उनीहरुले एक अर्कासँग अलग्गिए ।
सन् २०१७ मा नै रणवीरले पाकिस्तानी अभिनेत्री तथा बलिउडकी अभिनेत्री माहिरा खानसँग सम्बन्ध राखेको विषयले चर्चा पायो । माहिराको शाहरुख खानसँगको फिल्म ‘रईस’ रिलीज हुने समयमा नै रणवीर र माहिरा हातमा चु रोट लिएको अवस्थामा भेटिएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यस्तै रणबिर र दीपिका पादुकोणको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने कमै होलान् । उनीहरु सन् २०१५ मा एक अर्कासँग छुट्टिएका थिए । दीपिका रणवीरसँगको ब्रेकअपपछि डि’प्रेशनमा नै ग एको बताइन्छ । उनले रणवीरसँगको सम्बन्धको बारेमा अझै पनि समय समयमा बताउने गरेकी छिन् । हाल उनले अर्का नायक रणबिर सिंहसँग बिवाह गरिसकेकी छन् ।
दीपिकासँग सम्बन्धमा हुनुअघि रणवीर फिल्म ‘रकस्टार’की नायिका नगरिस फाखरीसँग सम्बन्धमा थिए । यी दुईको सम्बन्धले पनि निकै चर्चा पाएको थियो ।
यस्तै, रणवीर कुनै समय सोनम कपूरसँग पनि सम्बन्धमा थिए । उनीहरुको सम्बन्ध धेरै चलेन । केही महिनामा नै ब्रेक-अप भएको थियो ।