मुम्बइ, १५ असोज – बलिउड ड्र ग्स के सको अ नुसन्धान गरिरहेको ना रकोटिक्स कन्ट्रोल ब्यू रोले अब बलिउडका सुपरस्टा हिरोहरुलाई नि शाना बनाउने तयारी थालेको छ । एनसीबी सूत्रले भारतीय मिडियालाई बताएअनुसार बलिउडका २ सुपरस्टारसहित ३ ए ग्रेडका अभिनेता एजेन्सीको नि शानामा छन् । तीनमध्ये २ जना बलिउडका सुपरस्टार हुन् भने तेस्रो अभिनेता बलिउडबाहेक अन्य भाषाको फिल्म उद्योगका पनि हुन सक्छन् ।
यी अभिनेताको सम्बन्धमा एनसीबीले इनपुट पाएको जनाएको छ । तीन अभिनेताको नाम खुलासा भएको छेन तर तीनै जनाको नामको पहिलो आर सार्वजनिक भएको छ । उनीहरुको नाम अंग्रेजी अक्षर एस, आर र एबाट सुरु हुन्छ । एनसीबीका अनुसार अहिले यी तीनैजनाविरुद्ध प्रमाण संकलन भइरहेको छ । एनसीबीले सबै प्रमाण जुटाएपछि यी अभिनेतामाथि एक्सन लिने बताइएको छ ।