शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

केबीसीमा २५ लाखको प्रश्नमा अमिताभले सोधे नेपाल–भारत सम्बन्धको यो मामिलाको एक प्रश्न

बिहिवार , आश्विन १५, २०७७

 

काठमाडौं १५ असोज नेपाल र भारतबीच अहिले जुन कुराले वि वाद भएको छ, सोही विषयमा सोधिएको एक प्रश्नको उत्तर न जानेपछि भारतीय रियालिटी शो ‘कौन बनेगा करोडपति’ (केबीसी)का सहभागी २५ लाख भारु जित्नबाट चु केका छन्।

बुधबार प्रशारण भएको अमिताभ बच्चनले होस्ट गर्ने चर्चित शोमा सहभागीले साढे १२ लाख जितेपछि उनलाई २५ लाख जित्ने प्रश्न सोधिएको थियो। अमिताभ बच्चनले नेपाल–भारत सम्बन्धबारे सुगौली सन्धिसँग सम्बन्धित प्रश्न गरेका थिए। उनले नेपाल र भारतको सीमा निर्धारण गरिएको प्राकृतिक नदी कुन हो भनेर सोधेका थिए।

मल्टिपल च्वाइसमा गण्डक, कोशी, काली र सोन राखिएको थियो। सहभागीले शुरुमा कोशीमा अन्दाज गरे। त्यसपछि गण्डकमा अन्दाजी उत्तर दिएर लक गर्न भने।

अमिताभ बच्चनले फेरि स्योर हो भनेर सोधेपछि उनले प्रतियोगिता नै छाड्ने निर्णय गरे। र उनले साढे १२ लाखमा चि त्त बुझाए। यो प्रश्नको सही उत्तर काली हो।

नेपाल र भारतबीच सुगौली सन्धि अनुसार काली नदीले अन्तर्राष्ट्रिय सीमाको काम गर्छ। यही काली नदीको मुहान विवादमा नेपालले नयाँ नक्सा जारी गरेको छ। यो नयाँ नक्सा जारी गरेपछि अहिले भारत र नेपालबीचको सम्बन्धमा उतारचढाव आएको छ।

प्रतिक्रिया