शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पल शाह र साम्राज्ञीले बाध्ने भए जोडि

बुधवार , आश्विन १४, २०७७

काठमाडौं १४ असोज – अमेरिकामा नेपाली कथानक चलचित्र ‘रेड वाइन’ निर्माण हुने भएको छ। अमेरिकामै रहेका रमेश एमके पौडेलले निर्माण गर्न लागेको चलचित्रको सम्पूर्ण छायांकन उतै गरिने बताइएको छ।

प्रेमकथामा आधारित चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आर एल शाहको जोडी देखिनेछ। यो चलचित्रमार्फत निर्माता रमेश निर्देशकका रूपमा आउने भएका छन्। चलचित्रमा कथा र गीत लेखन निर्देशक पौडेलकै रहनेछ। पल र साम्राज्ञीको साथमा सन्दीप क्षेत्री र अमेरिकामै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छिन्।

इमिलीले अमेरिकामा बनिरहेका म्युजिक भिडियोहरूमा काम गरिरहेकी छन्। चलचित्रमा अमेरिकाका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ। चलचित्रको सहनिर्मातामा नीरू भण्डारी रहेकी छन्।अन्नपुर्ण पोष्टमा खबर छ ।

आर्यन फिल्म्स् प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र संवाद सवीर श्रेष्ठले तयार पारेका हुन्। यो चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अवस्था हेरेर दसैं र तिहारको बीचमा अमेरिकामा गरिनेछ। पौडेलले यसअघि ‘रुद्रप्रिया’ र ‘राजारानी’ चलचित्र निर्माण गरिसकेका छन्।

प्रतिक्रिया