शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जापानमा नयाँ विवाह गर्ने दम्पतीलाई सरकारले नै साढे ६ लाखभन्दा बढी रकम दिने

सोमवार , आश्विन ५, २०७७

टोकियो - जापानमा नयाँ विवाह गर्ने दम्पतीलाई सरकारले नै नगद रकम दिने भएको छ । नयाँ विवाह गर्ने दम्पतीले एकमुष्ट रुपमा ठूलो नगद रकम दिने भएको हो । सरकारले नवविवाहित दम्पतीलाई ५ हजार ७ सय अमेरिकी ड लर (नेपाली साढे ६ लाखभन्दा बढी रकम) नगद दिने भएको हो ।

विवाहलाई प्रोत्साहन दिन सरकारले ल्याएको कार्यक्रम अ वलम्बन गर्ने नगरपालिकामा बस्ने दम्पतीहरुले आगामी अप्रिलदेखि नयाँ वैवाहिक जीवन शुरु गर्दा भा डा र अन्य ख र्च भ र्पाइ स्वरुप सो रकम पाउनेछन् ।

जापानको ज न्मदर निकै न्यू न छ । यसको कारण ढि ला विवाह गर्नु वा अ विवाहित नै रहने प्र वृत्ति हो । यस्तोमा एक मुष्ट रुपमा ठूलो रकम दिने र यस कार्यक्रममा थप जोडीलाई ल्याएर विवाहका लागि प्रो त्साहित गर्ने प्रयासमा सरकार छ।

यस कार्यक्रमका लागि योग्य हुन पती र पत्नि दुबैको उमेर विवाह दर्ता हुने मितिसम्ममा ४० भन्दा कम हुनु पर्नेछ र संयुक्त आय ५४ लाख येन भन्दा कम हुनु पर्नेछ । ३५ वर्षसम्मका दम्पतीका लागि भने संयुक्त आम्दानी ४८ लाख येन तोकिएको छ ।

अभियानमा आधा खर्च स्थानीय सरकारले बे होर्नु पर्ने भएकोले जुलाईसम्ममा २८१ नगर अर्थात जापानका सबै शहर र गाउँको १५ प्रतिशतले यो कार्यक्रम अबलम्बन गरेका छन् । यो संख्या बढाउन केन्द्र सरकारले आर्थिक वर्ष २०२१ देखि भने दुई ति हाई खर्च बेहोरिदिने बताइएको छ।

दम्पतीहरुले २ मात्रै सन्तान जन्माउने प्रवृत्ति बढेसँगै जापानमा ज न्मदर घ टेको छ । यो समस्या सम्बोधन गर्न सरकारले वि विध प्रयास गरिरहेको छ । गत वर्ष जापानी महिलाले जीवनभर जन्माउने बच्चाको संख्या १ दशमलव ३६ पुगेको भएपनि सो अवधिमा ८ लाख ६५ हजार मात्रै शि शुको ज न्म भएको थियो । यो अहिलेसम्मकै न्यून हो ।

आर्थिक क ठिनाईका कारण पनि जापानीहरु विवाहप्रति नि रु त्साहित भएको सन् २०१५ मा गरिएको सर्वेक्षणले देखाएको थियो । त्यसैले पनि विवाहका लागि आ र्थिक प्रोत्सा हनलाई प्रभावकारी ठानिएको हो।

आइतबार सार्वजनिक जापानको जनसंख्याको त थ्यांक अनुसार गत वर्ष २ लाख ९० हजार जनसंख्या घटेको छ । यसैगरि ६० बर्ष वा सो भन्दा बढी उमेरका बृ द्धबृ द्धाहरुको संख्या बढेर अहिलेसम्मकै उच्च ३ करोड ६० लाख पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया