बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

प्रधानमन्त्री ओलीले बामदेवलाई संविधान सम्झाएपछि…

सोमवार , आश्विन ५, २०७७

काठमाडौं, ५ असोज - नेपाल कम्युनिस्ट पार्टीको आइतबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमको सरकारमा सहभागी हुने विषयमाथि समेत ब हस भयो । गौतमलाई सरकारमा लानुपर्ने पक्षमा सचिवालयका ७ जना स्पष्ट देखिए । तर, बामदेवलाई सरकारमा लान खोजिए आउने संवैधानिक ज टिलताको विषय उठ्यो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सरकारमा लाँदा संविधान बा धक बन्न सक्ने विषय औल्याएको वि श्वस्त स्रोतले बताएको छ । ओलीले बामदेवलाई सरकारमा लान आफू तयार रहेको र संविधानमा तत्कालको प्रधिनिधिसभा चुनावमा प राजित व्यक्ति सोही प्रतिनिधिसभा अवधिभर मन्त्री बन्न नसक्ने बुँदा अ वरोध बन्ने विषय औल्याएका थिए । अर्का सचिवालय सदस्य इश्वर पोखरेलले पनि त्यही विषय उठाएको बुझिएको छ ।

तर, अर्का अध्यक्ष प्रचण्डको धारणा फरक रहेको थियो । उनले बामदेवलाई सरकारमा लानुपर्ने विषय राखे । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि बामदेवलाई सरकारमा लान मिल्ने तर्क गरे । सचिवालयका अन्य सातजनाले यसो भनेपछि बामदेवको सरकारमा सहभागी हुने विषय नेकपा सचिवालय बैठकमा ब हसकै विषय बन्यो ।

बामदेवको सरकारमा सहभागिताको पक्षमा उनीसहित सचिवालयका सातजना रहेपनि संवैधानिक ज टिलताको विषय भने छँदैछ । संविधानमा स्प ष्ट लेखिएको विषयमा बामदेवमाथि चु नौती भने बन्न सक्छ । प्रधानमन्त्री ओलीले पनि बामदेवलाई सरकारमा लान चा हेको तर संविधानको विषय दे खाएकाले यो विषय ग म्भीर बन्ने छाँ टकाँ ट देखिएको छ ।

प्रतिक्रिया