सिन्धुलीको मरिण गाउँपालिका अन्तर्गत पर्ने धेरै सडकखण्डमा पहिरोले बाटो बिगारेको छ । पहिरोले गर्दा चिल्ला सडक भ ग्नावशेष अवस्थामा रहेको छ । ठाउँठाउँमा झरेको प हिरोले आ वतजावतमा समेत प्रभाव पारेको छ । व र्षातको समयमा त झनै सडकखण्डमा हिड्न समेत ड राउनु पर्ने अवस्था छ । समग्रमा, मरिण गाउँपालिका लगायत केन्द्रिय देखि प्रदेश सरकारले पुर्वाधार निर्माणकालागि ठूलो रकम खर्चे पनि पहिरोको जोखिम न्युनिकरणकालागि व्यवस्थित कदम चाल्न सकेको छैन । माटोको व्यवस्थापन र प हिरो ख स्न नदिन विभिन्न प्रविधिको प्रयोग गर्ने चलन छ । तर, प्रविधिको प्रयोग गरेर पहिरोको रोकथाम गर्ने भन्दा पनि चिल्ला सडक देखाएर नागरिकलाई खुशी बनाउन स्थानिय सरकार लागिपरेको सडक र प हिरोको अवस्थाले देखाउँछ । प हिरोका कारण आगामी दिनमा ठूलो दु र्घट्ना हुन नदिन स्थानिय सरकारले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

त्यसैगरि, विकास निर्माणलाई मात्र प्राथमिकतामा राखेर अघि बढ्दा प्रकृतिको दो हनलाई न जरअ न्दाज गर्ने हो भने त्यो विकास क्षणिक समयकालागि मात्र हो भन्ने सम्बन्धित सबैले बुझ्न आवश्यक छ । दीगो विकासको अवधारणालाई लिएर अघि बढ्न सकेमात्र दीर्घकालिन विकासको संभव छ । तसर्थ, स्थानिय सरकारले सडक निर्माणलाई मात्र प्राथमिकता दिने भन्दा पनि पहिरो लगायत अन्य प्राकृतिक वि पत्तिको बारेमा पनि बजेट खर्च गर्न जरुरी छ । अतः मरिणमा मात्र नभएर सिन्धुलीका अन्य स्थानिय तहमा पनि पहिरोको जोखिम भएको हुँदा प हिरो रो कथाम र नि यन्त्रण गर्नकालागि आवश्यक कदम चाल्न ढि लाई गर्नुहुदैँन ।