काठमाडौँ,३ असोज -हाँस्य कलाकार विल्सनविक्रम राई त क्मेबुढाले नेपाल सरकारबाट तक्मा पाएका छन् । उनलाई कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको हो ।संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सरकारले विभिन्न विधामा ख्याती कमाएका व्यक्तिलाई की र्तिमय राष्ट्रदिप प्रदान गर्ने गरेको छ ।
यस वर्ष पनि राईसहित आठ जनालाई सो पदक प्रदान गरिने सरकारले निर्णय गरेको छ । यस अघि राई प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भएका थिए । नेपाली हाँ स्य व्य ङ्ग्य क्षेत्रमा तक्मे बुढा उपनामले परिचित ३४ वर्षीय उनी बिर्तामोडका स्थायी बासिन्दा हुन् ।हास्य सिरियल ‘मेरी बास्सैमा’ तक्मेबुढोको क्या रेक्टर गरेपछि उनको ओर्जिनल नाम नै ओझेलमा परेको छ ।