शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ जनकपुरधाम-जयनगर चल्ने रेल (तस्बिरहरु)

शुक्रवार , आश्विन २, २०७७

जनकपुरधाम,२ असोज – – नेपालको झण्डाको रंगमा रंगिएको रेल आज जनकपुरधाममा परीक्षणका लागि आइरहेको छ। जनकपुरधामका साइट इ न्जिनियर बिनोद ओझाका अनुसार आज ११ बजे देखि १ बजेको बीचमा रेल जनकपुरधाम आइपुग्ने छ।

करिब ७ वर्ष देखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयमा खुशीयाली आएको छ। तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्था सम्मको काम सम्पन्न भएको छ।

जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ। यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ।

धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ।

यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्।

नेपाली रेलको से ट भारतको मद्रासस्थित रहेको इ न्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेड हो।

सम्बन्धित विषय:

प्रतिक्रिया