बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जीतु नेपालले नाम फेरे

बुधवार , भाद्र ३१, २०७७

काठमाडौं ३१ भदौ – कलाकारहरुलाई नक्कली नामले है रान बनाएको छ । कतिपयले कलाकारको न क्क ली आइडी बनाएर ठ गी खा ने भाँ डो बनाइरहेका बेला हास्य कलाकार जीतु नेपालले सामाजिक संजाल फेसबुकबाट आफ्नो नाम परिवर्तन गराएका छन् ।

उनले हिजो राति फेसबुकमा स्टाटस पोष्ट गर्दै आफ्नो नाम जीतु नेपालबाट जीत बहादुर नेपाल बनाएका हुन् । सामाजिक सञ्जालमा जीतु नेपाल नाम गरेका आइडी र फोटो छ्या प्छ्या प्ती भएपछि सबैलाई स चे त गराउँदै नाम परिवर्तन गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकका छन् ,‘‘सबैमा नमस्कार, आजबाट मेरो फेसबुक नाम जीतु नेपालबाट मेरो पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जीत बहादुर नेपाल भएकोले सबैमा जानकारी गराउँदछु । अब कोही पनि न क्कली आइडीबाट न झुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो । मलाई एड, फलो गर्नु होला र साथै सरसल्लाह सुझाव दिनुहोला है ।’

प्रतिक्रिया