बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

परिक्षणको दायरा बढाउन पहल गर

बुधवार , भाद्र ३१, २०७७

सिन्धुलीमा कोरोना सं क्रमितको संख्या पछिल्लो समय कम देखिएको छ । मुख्यत ? परिक्षणको दायरा नबढ्दा सं क्रमितको संख्या स्वतः कम भएको हो । हालसम्म सिन्धुलीमा २६ सय बढिको परिक्षण गरिएको छ । बाग्मती प्रदेशमा अन्य जिल्लाको तुलनामा सिन्धुलीमा निकै कम संख्यामा कोरोनाको परिक्षण गरिएको छ । जिल्लामा कुल जनसंख्याको एकप्रतिशत जनसंख्याको पनि कोरोना परिक्षण गरिएको छैन । स्थानिय सरकारले ल क डा उ न खुकुलो बनाएसँगै बजारमा मान्छेको भि ड भा ड बढेको छ । जिवन सामान्य अवस्थातर्फ उन्मुख भइरहेको छ । तर, कोरोनाको जो खि म भने उत्तिकै छ । यस्तो अवस्थामा कोरोना परिक्षणको दायरा बढाएर नागरिकलाई कोरोनाको अवस्थाका बारेमा जानकारी दिन जरुरी छ ।

नागरिक स्तरमा कोरोना रोकथाम र नियन्त्रणकालागि खासै सावधानि अपनाइएको छैन । सं क्र मि तको संख्या नबढेपछि हे ल चे क्रा ई भइरहेको छ । भौतिक दुरी, मास्क, स्यानिटाईजरको प्रयोग निकै कम भएको छ । तसर्थ, जिल्लाका सबै स्थानिय तहमा कोरोना सं क्र म णको जोखिमका बारेमा चेतना फैलाउन जरुरी छ । त्यसैगरि, कोरोना परिक्षणको दायरा बढाउन प्रतिनिधिसभाका सांसद लगायत जनप्रतिनिधिले पनि पहल गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ । कोरोनाको परिक्षण नहुँदा समाजमा भय र त्रासको अवस्था छ । अतः कोरोना परिक्षणको दायरा बढाउन सम्बन्धित निकायमा पहल गर्दै अघि बढ्न जरुरी छ ।

प्रतिक्रिया