बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

टेन्ड्रिङमा आँचलको ‘ल ज्जा व ती झार’ (हेर्नुस भिडियो)

मंगलवार , भाद्र ३०, २०७७

काठमाडौँ ३० भदौ –भर्खरै एउटा नयाँ गीत रिलिज भएकाे छ उक्त गीतमा महेश काफ्ले र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘लज्जावती झार’ नेपालमा युट्युबको नम्बर एकमा पुगेको छ । यो गीत पछिल्लो समय चर्चामा रहेकाे छ ।

एक हप्ताअघि रिलिज भएको यो म्युजिक भिडियोमा महेश काफ्लेले एक लजालु युवकको भूमिका निर्वाह गरेका छन् । यस्तै आँचल शर्माले महेशकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गायक काफ्लेले नै शब्द र संगीत सिर्जना गरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

लोक र आधुनिक शैलीको फ्युजन सुन्न पाइने गीतलाई टिकटक प्रयोगकर्ताले पनि उत्तिकै रुचाएका छन् । यस्तै भिडियोको निर्देशन आसिफ शाहले गरेका हुन् । गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो :

प्रतिक्रिया